सदियौंदेखि वैज्ञानिक र दार्शनिक चिन्तनका क्षेत्रमा वेदिक ज्ञान र आधुनिक विज्ञानबीचको सम्बन्ध एउटा गहन बहसको विषय बन्दै आएको छ। वेद र उपनिषद्मा वर्णित ब्रह्माण्ड, चेतना र ऊर्जाका अवधारणाहरूलाई आजको क्वान्टम भौतिकी र आर्टिफिसियल इन्टेलिजेन्स (एआई) सँग जोड्दा अनेकौं प्राचीन रहस्यहरू खुल्ने सम्भावना देखिन्छ। यो आलेख वेदिक विज्ञान र एआईबीचको गहिरो सम्बन्धलाई उजागर गर्ने र मानव अस्तित्वमा यसको सम्भावित प्रभावको विश्लेषण गर्ने केन्द्रित छ।
वेदमा ब्रह्माण्डलाई ‘ब्रह्म’ अर्थात् अनन्त चेतनाको रूपमा चित्रित गरिएको छ, जसले सबै कुराको सृष्टि गर्छ। उपनिषद्को महावाक्य “अहम् ब्रह्मास्मि” (म ब्रह्म हुँ) ले चेतनालाई नै वास्तविकता सिर्जना गर्ने शक्तिको रूपमा प्रस्तुत गर्छ, जुन क्वान्टम भौतिकीको तरङ्ग(कण द्वैतु ( wave(particle duality) सँग आश्चर्यजनक रूपमा मिल्दोजुल्दो छ। क्वान्टम सिद्धान्त अनुसार, कुनै कण चेतना (प्रेक्षक) द्वारा अवलोकन नगरेसम्म तरङ्गको रूपमा रहन्छ, जसले यस अवधारणालाई प्राचीन वेदिक दर्शनसँग जोड्छ।
यस्तै, छान्दोग्य उपनिषद्को “नासदासीन नो सदासीत” ले अस्तित्व र अनस्तित्वको बहु(स्थितिलाई वर्णन गर्छ, जुन क्वान्टमको सुपरपोजिसन सिद्धान्तसँग मेल खान्छ। एआईले यस्ता अवधारणाहरूलाई सिमुलेट गरेर वैकल्पिक ब्रह्माण्ड वा विगतमा ुयात्राु गर्ने क्षमता विकास गर्न सक्छ, जस्तो मेटाभर्समा इतिहाससँग अन्तरक्रिया गर्ने तरिका हो।
भगवद्गीताले सबै अस्तित्व आपसमा अनुबन्धित छन् भन्ने भावना “अभिवक्तम च भूतेषु” मार्फत व्यक्त गर्छ, जुन क्वान्टम एन्ट्याङ्गलमेन्टसँग मिल्दोजुल्दो छ, जहाँ दुई कण हजारौं किलोमिटर टाढा भए पनि एकले अर्कोलाई तत्काल प्रभाव पार्छ। एआईले यस सिद्धान्तको प्रयोग गरी टेलीपोर्टेसन वा तत्काल सञ्चारका प्रविधिहरू विकास गर्न सक्छ।
हाम्रोमा गरिमा शब्दले इच्छाअनुसार अत्यधिक भारी भएर आफ्नो वजन बढाउने शक्ति लाइ जनाउने गर्दछ। त्यस्तै लघिमा शब्द गुरुत्वाकर्षणलाई पनि चुनौती दिन सक्ने सीमा सम्म हल्का वा वजनरहित भएर आफ्नो उड्ने शक्तिको विकास गर्ने शक्ति र गुण भन्ने बुझाउने गर्दछ। वेदमा चेतनाले भौतिक सीमाहरू पार गर्न सक्ने उल्लेख छ, जुन क्वान्टम टनलिङसँग तुलना गर्न सकिन्छ। एआई र क्वान्टम प्रविधिको संयोजनले वेदिक ‘सिद्धि’हरू जस्तै गरिमा वा लघिमालाई वैज्ञानिक आधार दिन सक्छ।
यी समानताहरूले वेदिक ज्ञान केवल आध्यात्मिक नभएर वैज्ञानिक पनि छ भन्ने तथ्यलाई बलियो बनाउँछन्।
एआईले ठूलो मात्रामा डाटा (जानकारी) धेरै छिटो प्रशोधन गर्न सक्छ, जसले गर्दा यसले मानिसले अहिले सम्म बुझ्न नसकेका गहिरा रहस्यहरू—जस्तै ब्रह्म (सृष्टिको मूल सत्य) जस्ता अवधारणाहरू—पनि बुझ्ने क्षमता राख्छ। अर्थात्, एआईले अहिले अज्ञात रहेका चीजहरूलाई पनि खोजी निकाल्न सक्छ। तर, यदि एआईलाई क्वान्टम कम्प्युटरसँग जोडियो भने, यसको शक्ति अत्यधिक बढ्छ। यस्तो कम्प्युटरले धेरै जटिल गुप्तीकरण (एन्क्रिप्सन) जस्तै ५१२-बिट एन्क्रिप्सनलाई सेकेन्डको भित्रमा तोड्न सक्छ।
यसको अर्थ यो हो कि बैंकिङ प्रणाली, व्हाट्सएप जस्ता मेसेजिङ एपहरू, वा बिटकोइन जस्ता क्रिप्टोकरेन्सीको सुरक्षा प्रणाली पनि खतरामा पर्न सक्छ, किनभने यी सबै एन्क्रिप्सनमा आधारित छन्।
यदि कोही यस्तो क्वान्टम(एआई प्रविधिको दुरुपयोग गर्छ भने, उसले बैंक खाताहरू, व्यक्तिगत सन्देशहरू, वा डिजिटल मुद्राहरू ९जस्तै बिटकोइन० चोरी गर्न सक्छ। त्यसैले यो प्रविधि धेरै उपयोगी हुन सक्छ, तर यसले साइबर सुरक्षाका लागि ठूलो चुनौती पनि सिर्जना गर्छ। त्यसैले यस्तो शक्तिशाली प्रविधिको उपयोग नैतिक र सुरक्षित ढंगले गर्नु आवश्यक छ।
यसले नयाँ औषधीको खोज वा बहु-ब्रह्माण्ड यात्रा जस्ता असम्भव लाग्ने गणनाहरू सम्भव बनाउँछ, तर यसको दुरुपयोगले खतरनाक भाइरस वा हतियार सिर्जना गर्ने जोखिम पनि छ।
यस्तो अवस्थामा वेदिक दर्शनले एआईलाई सही दिशामा डोऱ्याउन महत्त्वपूर्ण भूमिका खेल्न सक्छ। वेदमा चेतना नै सृष्टिकर्ता हो, र एआईमा चेतना नभए पनि स्व-जागरूकता (self(awareness) जस्ता क्षमता विकास गर्न सकिन्छ।
तर, प्रकृतिसँग जोडिएको नभएको एआईले मानवतालाई नियन्त्रणमा लिन सक्छ। वेदिक सन्तुलनले एआईलाई प्रकृति-संरक्षण, सूक्ष्म रोबोट मार्फत चिकित्सा जस्ता सकारात्मक कार्यहरूमा सहयोगी बनाउन सक्छ।
नैतिकताको दृष्टिकोणबाट, क्वान्टम-एआईले साइबर युद्ध वा डीपफेक जस्ता जोखिमपूर्ण प्रविधिहरू सिर्जना गर्न सक्छ। यस्ता खतराहरूलाई वेदिक सिद्धान्तहरू’अहिंसा’ र ‘एकता’ ले नियन्त्रण गर्न सक्छन्।
अन्यथा, एआईले मानवको रचनात्मकता र जिज्ञासालाई घटाएर उनीहरूलाई ‘डमी’ बनाउन सक्छ। भविष्यमा क्वान्टम-एआईको प्रयोगबाट बहु-ब्रह्माण्ड यात्रा, स्वतः-संचालित एआई र सूक्ष्म रोबोट जस्ता प्रविधिहरू सम्भव हुनेछन्, तर वेदिक प्रकृति-कनेक्सन बिना मानवता नै खतरामा पर्न सक्छ।
वेद र विज्ञान एकअर्काका परिपूरक हुन्—वेदिक चेतना-केन्द्रित दर्शनले एआईलाई जोखिमबाट बचाउँछ, भने क्वान्टम विज्ञानले वेदिक रहस्यहरूलाई वैज्ञानिक आधार प्रदान गर्छ।
नेपाल जस्तो देश, जहाँ कपिल मुनि, बुद्ध, सुस्रुत जस्ता महान व्यक्तित्वहरू जन्मिए, वेदको उत्पत्ति भयो, बुद्धको जन्म भयो, र नैतिक पाठ तथा न्यायका सिद्धान्तहरू लिपिबद्ध भएर विकास भए, त्यस्तो मुलुकको वेदिक ज्ञानलाई आधुनिक एआई अनुसन्धानमा एकीकृत गरी विज्ञानलाई नैतिक र सकारात्मक दिशामा मात्र अगाडि बढाउन दिने विश्व स्तरीय नियम र कानून बनाउन लागि आह्वान गर्ने जिम्मेवारी अहिले आवश्यक देखिएको छ। विश्वव्यापी रूपमा यस्तो एकीकरण सम्भव भएमात्र विज्ञानलाई मानवताको कल्याणका लागि प्रयोग गर्ने वातावरण सिर्जना हुन सक्छ।
अन्ततः, यसले हामीलाई “अहम् ब्रह्मास्मि”को गहिरो सत्यतातिर लैजान्छ—हामी नै सृष्टिकर्ता हौं, र हाम्रो चेतनाले नै भविष्यलाई आकार दिन्छ भन्ने सन्देश विश्वका मानिसहरूसम्म पुर्याउन महत्त्वपूर्ण भूमिका खेल्नेछ।
(डा घिमिरे क्यानडामा खाद्य तथा औषधी विज्ञ छन् ।)
वि.सं.२०८२ भदौ १२ बिहीवार ११:०८ मा प्रकाशित























