back
CTIZAN AD

खेलाडी रानाको उपचारमा आर्थिक अभाव

वि.सं.२०८२ भदौ १५ आइतवार

2.3K 

shares

दमौली (तनहुँ) । जिल्लाको देवघाटमा वाइसिएलद्वारा आयोजित फुटबल प्रतियोगितामा घाइते भएकी शुक्लागण्डकी नगरपालिका–१० की ममता रानाको उपचारका लागि रकम अभाव भएको छ फुटबल खेल्दा खुट्टा भाँचिएपछि चितवनस्थित देव अस्पतालमा उहाँको शल्यक्रिया गरिएको थियो ।

शल्यक्रिया सम्पन्न भएपनि अस्पताललाई रु एक लाख ४५ हजार तिर्न बाँकी रहेको परिवार स्रोतले जनाएको छ । आर्थिक अवस्था कमजोर रहेकाले अस्पताललाई उधारो चेक दिइएको छ । केही दिनभित्र तिर्ने शर्तमा राना हाल घर फर्किएकी छिन् ।

परिवारको आयआर्जनको माध्यम नभएपछि उक्त रकम कसरी तिर्ने चिन्ता लागेको रानाले बताईन् । उनले भनिन्, “अस्पताललाई रकम कसरी तिर्ने भन्ने चिन्ता लागेको छ । नियमित जाँचका लागि जानुपर्दा पनि पैसा छैन ।” खेलाडीलाई सम्बन्धित निकायले नहेरिदिँदा समस्या हुने उनकोे गुनासो छ । रानाले तनहुँको प्रतिनिधित्व गर्दै भलिबल र फुटबल खेलिसकेकी छिन् ।

दमौलीका खेलाडी गङ्गा गुरुङसहित साथीहरूले रु २० हजार ५०० सङ्कलन गरी रानालाई हस्तान्तरण गरेका छन् । सामाजिक अभियान्ता सुदीप गफ्फारले खेलाडीलाई राष्ट्रका गहना भनिए पनि समस्यामा पर्दा सहयोग नगरिएकामा गुनासो गरे ।

उनले भने, “अहिले रानालाई उपचारका लागि सहयोगको आवश्यकता छ । आफ्नो ठाउँलाई चिनाउनेका लागि सपनाहरू मारेर लागिपरेकी ममता रानालाई साथ सहयोग र माया गरिदिनुहुन हामी सबैमा हार्दिक अनुरोध गर्दछौँ ।”

वि.सं.२०८२ भदौ १५ आइतवार १४:३४ मा प्रकाशित

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

राष्ट्रियसभाः शोक प्रस्ताव पारित

काठमाडौँ । राष्ट्रियसभाको आजको बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का सम्बन्धमा...

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

अमेरिका खाडी मुलुकको सुरक्षा स्थिरता कायम गर्न प्रतिवद्ध : रुबियो

। वासिङ्टनले अमेरिका–इरान समझदारीले खाडी सहयोग परिषद् (जीसीसी) राज्यहरूको सार्वभौमिकता,...

आँधीले जापानमा उडान प्रभावित

आँधीले जापानमा उडान प्रभावित

टोकियो । दुई शक्तिशाली उष्णकटिबन्धीय आँधी जापानतर्फ अघि बढेसँगै देशका...

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

भेनेजुएलामा महाभूकम्प, २३५ जनाको मृत्यु

ला गुआइरा (भेनेजुएला) । उत्तरी भेनेजुएलामा बुधबार राति एक मिनेटभन्दा...