back
CTIZAN AD

“छैटौं ब्रिटिस कप २०२५ टुर्नामेन्टको उपाधि चेल्सी इन्टरनेशनल एकेडेमी र इनसाइट भिजनलाई “

वि.सं.२०८२ भदौ १५ आइतवार

3.1K 

shares

काठमाडौं । द ब्रिटिस कलेजको आयोजनामा ‘छैटौं ब्रिटिस कप २०२५’ इन्टर कलेज फुटसल टोर्नामेन्ट कार्यक्रम सम्पन्न भएको छ।
यही अगस्ट २५ देखि २९ (भदौ ९ देखि १३) सम्म काठमाडौंको बालुवाटारस्थित धुकु स्पोर्ट्स हबमा आयोजना गरेको छैटौं ब्रिटिश कप २०२५ अन्तर–कलेज फुटसल प्रतियोगितामा हाई स्कूलतर्फ चेल्सी इन्टरनेशनल एकेडेमी र ब्याचलरतर्फ इनसाइट भिजनले उपाधि हात पारेका छन्।

यस वर्षको प्रतियोगितामा हाई स्कूलतर्फ १७ र ब्याचलरतर्फ २० वटा कलेजहरूको सहभागिता थियो। हाई स्कूलको फाइनल खेलमा चेल्सी इन्टरनेशनल एकेडेमीले डीएभी कलेजलाई हराउँदै च्याम्पियन बनेर १ लाख रुपैयाँ जित्यो भने डीएभीले उपविजेताको रूपमा ५० हजार रुपैयाँ प्राप्त गर्‍यो।

यस विधामा चेल्सी एकेडेमीका बिमर्श बम ठकुरी उत्कृष्ट खेलाडी, यशराज साह उत्कृष्ट गोलकिपर घोषित भए। एभीएमका रिजन महर्जन ११ गोलसहित सर्वाधिक गोलकर्ता बने भने रोम्बस सेकेन्डरी स्कुलले फेयर प्ले अवार्ड प्राप्त गर्‍यो। यी व्यक्तिगत विधाका विजेताले ५ हजार रुपैयाँ प्राप्त गरे।

त्यस्तै, ब्याचलरतर्फ इनसाइट भिजनले न्याथमलाई पराजित गर्दै च्याम्पियन बनेर १ लाख रुपैयाँ जित्यो भने उपविजेता बनेको न्याथमले ५० हजार रुपैयाँ प्राप्त गर्‍यो।

यस स्तरमा इनसाइट भिजनका रबिन चौलागाईं उत्कृष्ट खेलाडी र सुजन बराम उत्कृष्ट गोलकिपर चुनिए। न्याथमका विविध विष्ट सर्वाधिक गोलकर्ता बने भने लिटिल एन्जल्स कलेजलाई फेयर प्ले अवार्ड प्रदान गरियो। यी विजेताहरूलाई व्यक्तिगत विधामा १०–१० हजार रुपैयाँ प्रदान गरिएको थियो।

द ब्रिटिश कलेजका संस्थापक तथा प्रमुख कार्यकारी अधिकृत राजेन कँडेलले प्रतियोगितालाई सफल बनाउन योगदान गर्ने विद्यार्थी, स्वयंसेवक र सहभागी सबैलाई धन्यवाद दिँदै यस प्रतियोगिताले कलेजको भावना प्रतिबिम्बित गरेको बताए। उनले अर्को वर्ष सातौं ब्रिटिश कप २०२६ मा काठमाडौं बाहिरका कलेजलाई समेत सहभागी गराउने योजना रहेको जानकारी दिए।

यस कार्यक्रमलाई सफल पार्नका लागि सहयोग गर्नुहुने सम्पूर्ण प्रायोजकहरूलाई हार्दिक धन्यवाद ज्ञापन गर्दछौँ। यस कार्यक्रमको मुख्य प्रायोजकका रूपमा Empire Education and Visa Services रह्यो भने Adventure Partnerका रूपमा Babu Adventure रहेको थियो। त्यसै गरी Hospitality Partnerका रूपमा Godavari Village Resort, Entertainment Partnerका रूपमा QFX Cinemas, Nutrition Partnerका रूपमा Hilife Foods, Supporting Partnerका रूपमा Inside Sports, र Smartphone Partner का रूपमा Honor रहेका थिए।

 

वि.सं.२०८२ भदौ १५ आइतवार १४:२९ मा प्रकाशित

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

एनआरएनए एनसीसी संघ नर्वेको १८औँ वार्षिक साधारणसभा सम्पन्न

ओस्लो । गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् नर्वेको...

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

नेपाललाई आपत्कालीन सहयोग : ५० टन राहत सामग्रीदेखि उद्धार विशेषज्ञसम्म

काठमाडौं । भोटेकोशी नदीमा आएको बाढी तथा पहिरोपछि चीनले नेपाललाई...

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

भोटेकोशी बाढी अपडेट : नेपाली सेनाले गर्यो १०९ जनाको हवाई उद्धार

काठमाडौं । भोटेकोशी बाढीपछि प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई तथा...

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

भोटेकोशीमा बाढी आएको छैटौँ दिन : यस्तो छ उद्धार तथा राहतको अवस्था

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा बाढी आएको छैटौँ दिन सरकारले...

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

पृथ्वीराजमार्ग अवरुद्ध भएपछि गरियो नयाँ रुट व्यवस्था, ठूला सवारी त्रिभुवन राजपथबाट जाने

हेटौंडा । धादिङको कृष्णभीरमा पृथ्वीराजमार्ग अवरुद्ध हुनुका साथै हेटौंडा हुँदै...

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

बाढीपीडितलाई ९९ सपिङको साथ : करिब ३ लाख बराबरको राहत वितरण

काठमाडौं । प्राकृतिक विपत्तिका कारण प्रभावित बनेका नुवाकोटका बाढीपीडित परिवारलाई...