back
CTIZAN AD

एमालेले बोलायो सचिवालय बैठक, यस्ता छन् बैठकका ऐजेण्डा

वि.सं.२०८२ भदौ १७ मंगलवार

1K 

shares

काठमाडौँ । नेकपा (एमाले)ले केन्द्रीय सचिवालय बैठक बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमका अनुसार यही भदौ १९ गते (बिहीबार) अपराह्न ३ः०० बजे सचिवालय बैठक बोलाइएको हो ।

उनका अनुसार बैठकमा एमालेको दोस्रो विधान महाधिवेशन प्रस्तुत गरिने राजनीतिक प्रतिवेदन, विधान संशोधन प्रस्ताव प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमाथि छलफल हुनेछ । उनले बैठकमा तीन वटै प्रतिवेदन छलफल गरेर पारित गरेपछि विधान महाधिवेसन प्रस्तुत गरिने बताए ।

महाधिवेशनमा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक, उपाध्यक्ष एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव प्रतिवेदन र महासचिव शङ्कर पोखरेलले साङ्गठनिक प्रतिवेदन पेस गर्नुहुनेछ ।

एमालेको दोस्रो विधान महाधिवेशन ललितपुरको गोदावरीस्थित सन्राइज सम्मेलन केन्द्रमा यही भदौ २० देखि २२ गतेसम्म हुनेछ । एमाले महाधिवेशनमा दुई हजार ३३ जना प्रतिनिधि र ३१७ जना अन्य गरीसहित दुई हजार ३५० जना सहभागी हुँदैछन् ।

 

वि.सं.२०८२ भदौ १७ मंगलवार १९:२८ मा प्रकाशित

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

धार्मिक सम्पदामा जलवायु परिवर्तनको असर

सोलुखुम्बु । जलवायु परिवर्तनका कारण हिमाली क्षेत्रमा देखिएका प्राकृतिक विपद्ले...

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

साउन महिना सुरु भएसँगै पशुपतिनाथलगायत देशभरका शिवालयमा भक्तजनको लर्को

काठमाडौँ । साउन महिना सुरु भएसँगै बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा...

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

एक वर्षमा ८९३ जनामा स्क्रब टाइफस

चितवन । जिल्लाका विभिन्न अस्पतालमा आएका बिरामीमध्ये ८९३ जनामा स्क्रब...

करार कर्मचारी व्यवस्थापनः सेवानिवृत्तलाई बिदाइ

करार कर्मचारी व्यवस्थापनः सेवानिवृत्तलाई बिदाइ

काठमाडौँ । सरकारले कुनै सरकारी सेवाबाट अवकाश र उपदान प्राप्त...

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

आजदेखि बढ्यो सरकारी कर्मचारीको तलब, २१ प्रतिशत वृद्धि कार्यान्वयनमा

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ आजदेखि औपचारिक रूपमा सुरु...

पेन्सन पाएका कर्मचारीलाई अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

पेन्सन पाएका कर्मचारीलाई अब करारमा राख्न नपाइने, सरकारको नयाँ निर्णय लागू

काठमाडौं । सरकारले सरकारी सेवाबाट अवकाश लिएर निवृत्तिभरण (पेन्सन) वा...