back
CTIZAN AD

प्रतिनिधिसभामा समसामयिक विषयमा सरकारको ध्यानाकर्षण

वि.सं.२०८२ भदौ १९ बिहीवार

1.1K 

shares

काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकको शून्य समयमा सांसदहरुले बाढीपहिरो, महँगी, भ्रष्टाचार, उखु किसानलगायतका मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद अब्दूल खाँनले परनिर्भरता भन्दा पनि देशलाई आत्मनिर्भर बनाउनेतर्फ केन्द्रित हुन राजनीतिक दल तथा दलका नेताहरुलाई अपिल गरे ।

उनले भने, “बाह्य देशबाट आयातित वस्तुको कारणले गर्दा नेपाली उत्पादनकर्ता समस्यामा परिरहेका छन्, अहिले केरा उत्पादनकर्ता किसानाले भारतीय बजारबाट आएको केरा बेच्नु परेको छ, त्यसैले सबैभन्दा पहिला हामी आत्मनिर्भर बन्न जरुरी छ ।”

सांसद अम्मरबहादुर थापाले दैलेख जिल्लाका विभिन्न ठाउँमा बाढीपहिरोका कारण घर भत्किँदा समस्या भएको भन्दै सरकारको ध्यानाकर्षण गराए । सांसद अमरबहादुर रायमाझीले भने, “सरकारले असोज १ गतेदेखि अनिवार्य रुपमा लागू गर्ने भनिएको इम्बोस्ड नम्बर प्लेट जडान गर्ने सम्बन्धमा आम नागरिकको गुनासो आइरहेको छ, यसको पर्याप्त मात्रामा तयार भएको छैन ।”

सांसद अर्जुननरसिंह केसीले उखु किसानको भुक्तानी, सरकारी अनुदान कटौती, कम मूल्य, मलखातको अभाव लगायतका समस्या समाधान गर्न सरकारको ध्यानाकर्षण गराए । सांसद आस्माकुमारी चौधरीले भूमिहीन, दलित, सुकुम्वासी र अव्यवस्थित बसोबासीको समस्या जतिसक्दो चाँडो समाधान गर्नुपर्ने माग गरे । सांसद ईश्वरीदेवी न्यौपानेले सरकारले निजी विद्यालयलाई नियमन गर्नेभन्दा पनि सरकारी विद्यालयको शिक्षाको गुणस्तरमा ध्यान दिनुपर्नेमा जोड दिए ।

सांसदहरु सांसद ईश्वरी घर्ती, उर्मिला माझी, उदयशमशेर जबरा, ईश्वरबहादुर रिजाल, कान्तिका सेजुवाल, एकनाथ ढकाल, कृष्णकुमार श्रेष्ठ, डा अमरेशकुमार सिंह, कुसुमदेवी थापा, गङ्गाप्रसाद यादव, डा चन्द्रकान्त भण्डारी, चन्द्रबहादुर विश्वकर्मा, ज्वालाकुमारी साह, कालुराम राई, अमृतादेवी अग्रहरि, जुलीकुमारी महतो, अमनलाल मोदी र अच्युतप्रसाद मैनालीले मुलुकको समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराए ।

वि.सं.२०८२ भदौ १९ बिहीवार १४:४३ मा प्रकाशित

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

जालपादेवी केबलकारः कोरिँदैछ समृद्ध सुदूरपश्चिमको आधार

टिकाराम सुनार, सुदूरपश्चिम । माथिबाट बग्दै आएको नेपालकै लामो कर्णाली...

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

आजको मौसम पूर्वानुमान : तराईका केही क्षेत्रमा तातो हावा चल्ने

काठमाडौँ । हाल कोशी, मधेस र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

विश्वकप फुटबल प्रतियोगिता : जर्मनीलाई हराउँदै इक्वेडर नकआउट चरणमा प्रवेश

काठमाडौँ । जर्मनीलाई हराउँदै इक्वेडर फिफा विश्वकप फुटबल प्रतियोगिताको नकआउट...

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

आजका लागि विदेशी मुद्राको विनिमयदर, कुन घट्यो कुन बढ्यो ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी...

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

रास्वपा महाधिवेशनः पदाधिकारी चयनका लागि बिहान ४ बजेदेखि मतदान

भरतपुर । चितवनको भरतपुरमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को...

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा रेडन स्कुलका २३ बालयोगी सम्मानित

काठमाडौं । १२ औँ अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा सामाखुसीस्थित रेडन...