काठमाडौँ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले नेपालमा दर्ता सूचीकरण नभएका २८ वटा सामाजिक सञ्जाललाई सरकारले आजैबाट बन्द गर्ने निर्णय गरेको छ ।
मन्त्री पृथ्वीसुब्बा गुरुङसहित बसेको बैठकले फेसबुकसहितका सामाजिक सञ्जाललाई बन्दा निर्णय गरेको हो ।
२०८२ भदौ ९ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपालमा सञ्चालन भइरहेका सामाजिक सञ्जाललाई एक साताभित्र सूचीकरण हुन निर्देशन दिएको थियो ।
वि.सं.२०८२ भदौ १९ बिहीवार १४:३६ मा प्रकाशित






























