back
CTIZAN AD

बन्दीपुरका धानबालीमा ब्लाष्ट रोग देखियो

वि.सं.२०८२ भदौ १९ बिहीवार

1K 

shares

दमौली (तनहुँ) । यहाँको बन्दीपुर गाउँपालिका–१ नाहालास्थित धानबालीमा मरुवा (ब्लाष्ट) रोग देखा परेको छ । नाहालामा लगाइएको धानबालीको अनुगमनका क्रममा उक्त रोग देखिएकाले समयमा सतर्कता अपनाउन कृषकलाई अनुरोध गरिएको छ ।

धानबालीसम्बन्धी कुनै समस्या देखा परेमा तुरुन्त कृषि प्राविधिक वा कृषि विकास शाखामा सम्पर्क गर्न कृषकलाई आग्रह गरिएको गाउँपालिकाका कृषि शाखाका प्राविधिक सहायक दिनेश सुवर्णकारले बताए । उनका अनुसार ब्लाष्ट रोग धानका बाला तथा बेर्नामा लाग्ने एक प्रकारको ढुसीजन्य रोग हो ।

धानबालीमा लाग्ने प्रमुख रोगहरू मध्यको यो एक भएको बताउँदै उनले भने, “यो रोगले ब्याडका बेर्ना मार्ने तथा धानका बालालाई सुकाउने गर्छ । जुन, सन् १९६६ मा पहिलो पटक देखिएको थियो ।” यो रोग बिउबाट पनि सर्ने भएकाले अघिल्लो वर्ष रोग देखिएका ठाउँका बिउ उपचार नगरी वा रोगी बिरुवा प्रयोग गर्दा फैलिएको हुनसक्ने उनकोे भनाइ छ ।

कृषि प्राविधिक सुवर्णकारले भन्नुभयो, “रोग लागेका धानबालीको पातमा स–साना सेतो टिका जस्तो देखिने दाग, बीचमा भएका खैरा थोप्ला देखा पर्ने तथा फलेको धानमा बाला तलतिर डाँठको वरिपरि वा आख्लामा खैरो रङको दागहरू देखिने र बाला मर्ने समस्या देखा पर्दछ । ढुसीले अनुकूल भएको समयमा विभिन्न भागमा विस्तारै गोलो, लाम्चो आँखा जस्तै आकार बनाउँछ र बीचमा खरानी रङ तथा बाहिर खैरो रङ भएका थोप्लाहरू देखा पर्दछन् ।”

उक्त समस्याबाट धानबालीलाई जोगाउन गत वर्ष रोग नदेखिएको मूल बिउबाट मात्र बिउको छनोट गर्नुपर्ने, पर्याप्त घाम लाग्ने ठाँउमा राम्रोसँग हिलो बनाएर बिउ राख्ने, नुनपानीको सहायताले बिउबाट भुस छान्नेलगायत काम गर्न सकिने उनले सुझाव दिए ।

वि.सं.२०८२ भदौ १९ बिहीवार १४:२१ मा प्रकाशित

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

विद्यालयबाट फर्किएका दुई बालबालिकाको कारको ठक्करबाट मृत्यु

दमौली (तनहुँ) । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–२ मार्कीचोकमा कारको ठक्करबाट...

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौँ । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष...

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

विश्वकप फुटवल : नर्वेलाई हराउदै फ्रान्स समूह आइको बिजेता

काठमाडौँ । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा...

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

पूर्वका केही स्थानमा मनसुन वायुको प्रभाव,कोशीमा भारी वर्षाको चेतावनी

काठमाडौं । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पूर्ण क्षेत्र,...

खाडीको जीवनभन्दा गाउँ प्यारो

खाडीको जीवनभन्दा गाउँ प्यारो

ढोरपाटन (बागलुङ) । हिजोआज तेजबहादुर घर्तीमगरलाई खाडीको जीवनभन्दा आफ्नै गाउँघरको...

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

लिफ्ट प्रणालीमार्फत रसुवामा सिँचाइ सुविधा विस्तार

रसुवा । गत वर्षको असार २४ गते ल्हेन्दे खोलामा आएको...