back
CTIZAN AD

सामाजिक सञ्जाल बन्द हुँदा रामकुमारी झाँक्रीले किन समर्थन जनाइन् ?

वि.सं.२०८२ भदौ २० शुक्रवार

831 

shares

काठमाडौं । नेकपा एकीकृत समाजवादीका पोलिटब्युरो सदस्य रामकुमारी झाँक्रीले फेसबुकलगायत सामाजिक सञ्जाल सक्रिय गर्ने सरकारको निर्णयलाई समर्थन गरेकी छन् ।

तोकिएको समयसीमाभित्र दर्ता हुन नमानेका फेसबुकलगायत सामाजिक सञ्जाल सरकारले देशमा निष्क्रिय (बन्द) बनाएपछि सत्तारुढ दलकै नेताहरुले विरोध गरिरहेका बेला झाक्रीले भने समर्थन गरेकी हुन् । पूर्वमन्त्रीसमेत रहेकी झाँक्रीले सामाजिक सञ्जाललाई नियमन गर्नु अभिव्यक्ति स्वतन्त्रमा रोक लगाएको मान्न नहुने तर्क गरेकी छन् ।

‘सोसल मिडिया र भर्चुअल प्लाटफर्मलाई नियमित र नियमन गर्नु भनेको वाक स्वतन्त्रतालाई बन्देज गर्नु होइन। हामी नागरिकले आफ्नो अधिकार र दायित्वलाई सँगसँगै लिनु गर्नुपर्छ’, उनले भनेकी छन्, ‘मानौँ, पशुपतिनाथको दर्शन गर्न पाउनु नागरीकको अधिकार हो। तर हजारौँ मान्छेलाई दर्शन गर्न सहजताको लागि कानुनबमोजिम पशुपति विकास कोष र त्यहाँ क्रियाशील संस्थाहरूले बनाएको नियम मान्नु सबै दर्शनार्थीको कर्तव्य हुन्छ। बनाएको लाइनममा बसेर तोकिएको गेटबाट मात्र दर्शन गर्नुपर्छ। त्यस्तै हो यो पनि। वाक स्वतन्त्रता छ तर गालीबेज्जती गर्न पाइन्न । नियमन हुनुपर्छ ।’

 

वि.सं.२०८२ भदौ २० शुक्रवार १०:४३ मा प्रकाशित

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

फ्ल्यास फ्लड पीडितका लागि MAW Group को १ करोड ११ लाख सहयाेग

  काठमाडौं । रसुवा, नुवाकोट, धादिङ, गोरखा, तनहुँ, नवलपरासी, चितवन...