काठमाडौँ । देशको प्रमुख प्रशासकीय केन्द्र सिंहदरबार जेनजी प्रदर्शनकारीले कब्जा गरेका छन् । दिउसो नै आक्रोशित युवाहरूको समूहले सिंहदरबारको मूल गेट फोडेर भित्र पसेका थिए ।
जेनजीका टोल्ीहरुले निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली लगायतका शीष नेताविरुद्ध नारावाजी गर्दै आक्रोश पोखिरहेका छन् ।
सिंहदरबारभित्र रहेका मन्त्रालयमा धमाधम आगो लागिरहेको छ जस्को कारण सिंहदरबारको माथिको आकाशमा आगो मुस्लो उडिरहेको देखिन्छ ।
सामाजिक सञ्जाल बन्द र शासकीय अव्यवस्थाको विरोधमा प्रदर्शनमा उत्रिएका जेनजी युवाहरूमाथि सोमबार प्रहरीले अत्यधिक बल प्रयोग गरेको थियो ।सो बलको बिरुद्धमा आज सडकमा उत्रिएका जेनजी टोली नेताको घर र सरकारी कार्यलयहरु जलाउने र भत्काउने काम गरिरहेका छन । जस्को असर प्रत्यक्ष रुपमा राज्यको ढुकुटीमा पर्ने भएको छ ।
वि.सं.२०८२ भदौ २४ मंगलवार १७:०१ मा प्रकाशित






























