back

पर्साका बालसुधारगृहबाट भागेका ६७ बालबिज्याइकर्ता फरार

वि.सं.२०८२ भदौ २६ बिहीवार

207 

shares
NTC AD

वीरगञ्ज (पर्सा) । पर्साको बालसुधारगृह तोडफोड गरेर भागेका ६७ बालबिज्याइकर्ता किशोर अझैसम्म पनि फरार रहेका छन् ।

गत मङ्गलबार रातको समयमा बालसुधारगृह तोडफोड गरेर भागेका उनीहरु अझैसम्म पनि पक्राउ परेका छैनन् । बालसुधारगृहका कार्यालय प्रमुख टीकाकृष्ण काफ्लेले बालसुधारगृहबाट भागेका ३३ जनालाई पर्सा प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको जानकारी दिए ।

“गत मङ्गलबार राति बालसुधारगृहबाट भागेका ६७ जना अहिलेसम्म पनि सम्पर्कमा आएका छैनन”, उनले भने, “फरार भएका बालसुधारगृहका बालबिज्याइकर्ताका अभिभावकलाई सम्पर्क गरेर तुरुन्तै सुधारगृहमा ल्याउनका लागि अनुरोध गरेका छौँ, उनीहरु नआएको खण्डमा अर्काे मुद्दा चल्नेछ ।”

बालसुधारगृहमा १४२ जना बालबिज्याइकर्ता रहेका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख गौतम मिश्रले बालसुधारगृहबाट भागेका किशोरहरुको खोजी कार्य तीव्र पारिएको जानकारी दिए । “बालसुधारगृहबाट भागेकाहरुको खोजी कार्य तीव्र बनाइरहेका छौँ”, उयनले भने, “केन्द्रीय कारागार तथा भीमफेदीको कारागारबाट फरार भएका छ जना कैदीलाई पक्राउ गर्न सफल भएका छौँ, फरार भएका बालबिज्याइकर्ताको खोजी कार्य तीव्र पारिरहेका छौँ ।”

बुधबार वीरगञ्ज कारागारमा रहेका कैदीहरु भाग्न खोज्दा तीनवटै सुरक्षा निकायले अधिकतम सावधानी अपनाउँदा कैदी तथा थुनुवा भाग्नबाट रोकिएका छन् । पछिल्लो समय यहाँको कारागारको सुरक्षा व्यवस्थापन नेपाली सेनाले लिएको छ ।

वि.सं.२०८२ भदौ २६ बिहीवार १६:०५ मा प्रकाशित

गणतन्त्र र संविधानको रक्षाका लागि दृढतापूर्वक उभिन विद्यार्थी नेताहरुको आह्वान

गणतन्त्र र संविधानको रक्षाका लागि दृढतापूर्वक उभिन विद्यार्थी नेताहरुको आह्वान

काठमाडौँ । विभिन्न पार्टीनिकटका विद्यार्थी सङ्गठनका नेताहरुले गणतन्त्र र संविधानको...

नख्खु कारागारबाट भागेका टक्ला पक्राउ

नख्खु कारागारबाट भागेका टक्ला पक्राउ

काठमाडौँ । जेनजीको आन्दोलनमा ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह...

संवैधानिक रूपमा निकास खोज्न महासङ्घको आग्रह

संवैधानिक रूपमा निकास खोज्न महासङ्घको आग्रह

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले तत्कालको सङ्क्रमणकालीन अवस्थाको अन्त्य गर्दै...

अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, एक हजार बढी घाइते

अस्पतालमा मृत्यु हुनेको सङ्ख्या ३४ पुग्यो, एक हजार बढी घाइते

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले ‘जेनजी’ आन्दोलनमा परी अहिलेसम्म...

राष्ट्रपति पौडेलद्वारा राजनीतिक निकासका लागि विचार–विमर्शमा रहेको जानकारी

राष्ट्रपति पौडेलद्वारा राजनीतिक निकासका लागि विचार–विमर्शमा रहेको जानकारी

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले देशको वर्तमान विषम परिस्थितिमा मुलुकलाई...

हराएकी बालिका साढे ६ महिनापछि घर फर्केपछि …

हराएकी बालिका साढे ६ महिनापछि घर फर्केपछि …

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ स्थित दोगहराबाट गत चैत २२...