back
CTIZAN AD

गणतन्त्र र संविधानको रक्षाका लागि दृढतापूर्वक उभिन विद्यार्थी नेताहरुको आह्वान

वि.सं.२०८२ भदौ २६ बिहीवार

1.9K 

shares

काठमाडौँ । विभिन्न पार्टीनिकटका विद्यार्थी सङ्गठनका नेताहरुले गणतन्त्र र संविधानको रक्षाका लागि दृढतापूर्वक उभिन आह्वान गरेका छन् ।

बिहीबार विद्यार्थी सङ्गठनका १२ जना पूर्वअध्यक्षलगायतका विद्यार्थी नेताहरुले उक्त आह्वान गर्दै संविधानका आधारमा ‘जेनजी’ युवाको माग सम्बोधन गर्नुपर्ने धारणा समेत राखेका छन् ।

उनीहरुले आज प्रेस विज्ञप्ति जारी गरी संसद्बाटै राजनीतिक निकास खोज्दै संसद्भित्रबाटै नयाँ सरकार गठन गरी निर्वाचनको वातावरण बनाउनुपर्नेमा जोड दिएका हुन् । नेपाल विद्यार्थी सङ्घका पूर्वअध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका पूर्वअध्यक्ष नविना लामा र अखिल क्रान्तिकारीका पूर्वअध्यक्ष रञ्जित तामाङलगायतले उक्त धारण सार्वजनिक गरेका हुन् ।

 

“देशलाई अग्रगामी दिशामा लैजान, आन्दोलनरत युवा, विद्यार्थीहरु तथा आम जनताका मागको सम्बोधन, जनचाहनाअनुरुप संविधान संशोधनलगायतका कार्यहरू बृहत् राजनीतिक संवाद र सहमतिमार्फत मात्रै हुन सक्ने विषय भएको ठहर गरेका छौँ ।” विज्ञप्तिमा भनिएको छ ।

देशभर व्यापक लुटपाट र आगजनीका घटना भइरहेको परिस्थितिमा जनताको निजी, व्यावसायिक प्रतिष्ठान र सार्वजनिक सम्पत्तिको रक्षा गर्न, अपराधको कैद सजाय भोगिरहेका व्यक्तिहरु जेलबाट भागेको र तिनीहरुले समाजमा थप अपराध गर्ने भएको हुनाले जेलबाट भागेका सम्पूर्ण कैदीहरूलाई खोजी गरी नियन्त्रणमा लिन जोड्दार माग पनि गरिएको छ ।

वि.सं.२०८२ भदौ २६ बिहीवार १७:०१ मा प्रकाशित

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

रसुवाको बाढीले बगाएका ५५ शवको देवचुली नगरक्षेत्रमा व्यवस्थापन

देवचुली । रसुवामा आएको विनाशकारी बाढी तथा पहिरोमा परी नारायणी...

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

भोटेकोशी प्रभावित क्षेत्रमा ७,९९२ प्रहरी परिचालन, आपत्कालीन समन्वय केन्द्र स्थापना

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा खोजी,...

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला उद्योग वाणिज्य सङ्घले बाढीपीडितलाई सहयोग

जुम्ला । भोटेकोशी बाढीपीडितका प्रभावित नागरिकको उद्धार तथा राहतका लागि...

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

विपद् सहन सक्ने गरी नेपालकै विकासको ढाँचा पुनर्लेखन गर्ने समय आएको छ : कानुनमन्त्री गौतम

काठमाडौं । कानुनमन्त्री शोभिता गौतमले हरेक वर्ष दोहोरिइरहेका विपद्का घटनापछि...

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

जाने होइन त जीवित सङ्ग्रहालय हेर्न ?

ख्वप (भक्तपुर) । इतिहास एवं संस्कृतिविद् प्रा डा पुरुषोतमलोचन श्रेष्ठ...

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

टिजेएफको सहकार्यमा फ्याक्ट चेकिङ प्रणाली विकास गरिँदै, त्रिपक्षीय सम्झौता सम्पन्न

काठमाडौं । नेपालमा प्रकाशन तथा प्रशारण हुने समाचार र सार्वजनिक...