back
CTIZAN AD

हराएकी बालिका साढे ६ महिनापछि घर फर्केपछि …

वि.सं.२०८२ भदौ २६ बिहीवार

1.6K 

shares

रुपन्देही । रुपन्देहीको सिद्धार्थनगर नगरपालिका–४ स्थित दोगहराबाट गत चैत २२ गते सात वर्षीय बालिका बेपत्ता भइन् । स्थानीय नवदुर्गा माध्यमिक विद्यालयमा अध्ययनरत बालिका अटोरिक्सामा बसिरहेकी एक अपरिचित महिलाले बोलाएपछि उनी महिलासँगै गएकी र त्यसपछि बेपत्ता भएकी थिइन् ।

त्यसपछि बालिकाको परिवारले खोजतलासका लागि प्रहरी कार्यालयमा निवेदन दियो । तर, तत्काल उनी फेला परिनन् । बालिका फेला नपरेपछि उनको परिवार चिन्तित थियो । ती बालिकालाई ‘किन इन्डिया’ नामक संस्थाले उद्धार गरेर परिवारसँग पुनर्मिलन गराएपछि अहिले उक्त परिवारमा खुसी छाएको छ ।

किन इन्डियाका प्रतिनिधि नवीन जोशीले बालिका हराएको सूचना प्राप्त भएपछि खोजी प्रक्रिया अगाडि बढाइएको बताए । “नेटवर्क सक्रिय बनायौँ, भारतीय एजेन्सी, प्रहरी, दूतावाससँग समन्वय ग¥यौँ । उहाँहरूले सहयोग गर्नुभयो । वडा कार्यालयले आवश्यक कागजात छिटो पठाएपछि कानुनी प्रक्रिया पूरा गरेर प्रहरी कार्यालय र वडा कार्यालयको रोहवरमा बालिकालाई परिवारसँग पुनर्मिलन गराएका छौँ”, उनले भने ।

बालिका भारतको विहारमा फेला परेकी जोशीले जानकारी दिए । “नानीले नयाँ जीवन पाएकी छन् । तर, उनलाई भारतसम्म पु¥याउने घटनामा संलग्न व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउनुपर्छ । ती व्यक्तिको खोजी भइरहेको छ”, उनले भने ।

आफ्ना बालबालिकाको ख्याल गर्न र सचेत हुन उनले अभिभावकलाई आग्रह गरे । किन इन्डियाले हालसम्म हजारौँको उद्धार गरिसकेको उनले जानकारी दिए ।

विगत लामो समयदेखि महिला तथा बालबालिकाको अधिकारका क्षेत्रमा काम गर्दै आउनुभएकी सामाजिक अभियन्ता ज्ञानु पौड्यालले बालिका घर पुग्दा घरपरिवार हर्षित भएको बताइन् । “बालिका हराएपछि परिवार निकै पीडामा थियो, तर अहिले यो परिवारमा खुसी छाएको छ”, उनले भनिन् ।

नेपाल–भारत खुल्ला सीमा भएकाले मानव बेचबिखनको जोखिम रहेको उनले बताइन् । राज्यले यो घटनाको अनुसन्धान गर्नुपर्नेमा उनले जोड दिइन् । उनले यस्ता घटना हुन नदिन जनचेतनामूलक कार्यक्रम र अभिभावक शिक्षा जरुरी रहेको बताएन् ।

सिद्धार्थनगर नगरपालिकाका प्रवक्ता एवं वडा नं ४ का वडाध्यक्ष मुक्तिनाथ यादवले किन इन्डियाको अथक प्रयासबाट बेपत्ता बालिका साढे ६ महिनापछि घर फर्किन सफल भएकी बताए । “बालिकाको परिवारसँगै वडा परिवार खुसीले गदगद् भएका छौँ”, उनले भने ।

वि.सं.२०८२ भदौ २६ बिहीवार १५:२४ मा प्रकाशित

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

जङ्गली च्याउ खाँदा ११ जना बिरामी

भद्रपुर । जङ्गली च्याउ खाएर एकै परिवारका ११ जना बिरामी...

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

विवाहको भोज खाएपछि ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

चितवन । भरतपुर महानगरपालिका-४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको...

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

लम्की–टीकापुर–खक्रौला सडक समयमै सम्पन्न नहुँदा सास्ती

भजनी (कैलाली) । हुलाकी राजमार्गअन्तर्गत कैलालीको लम्की–टीकापुर–खक्रौला सडकको काम सम्पन्न...

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

वैशाखभित्रै एसइई नतिजा सार्वजनिक हुने, अन्तिम तयारीमा परीक्षा नियन्त्रण कार्यालय

काठमाडौँ । परीक्षा नियन्त्रण कार्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा...

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

कर्मचारीद्वारा क्यान्सर अस्पतालको आवास खाली गर्न अटेरी

चितवन । चीन सरकारको सहयोगमा निर्मित बिपी कोइराला स्मृति क्यान्सर...

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्जका विभिन्न क्यासिनोबाट छ जना पक्राउ

वीरगञ्ज (पर्सा) । वीरगञ्जका विभिन्न क्यासिनोमा अनधिकृत प्रवेश गरेर शङ्कास्पद...