back
CTIZAN AD

महानगरका महिलाहरुको सम्मेलन, अध्यक्षमा मुना न्यौपाने चयन

वि.सं.२०८२ भदौ १४ शनिवार

4.9K 

shares

देशको राजधानी समेत रहेको काठमाण्डौ महानगरका महिलाहरुले पहिलो सम्मेलन भब्यताका साथ सम्पन्न गरेका छन् ।
नेकपा (माओवादी केन्द्र) की नेतृ तथा अनेमसंघ(क्रान्तिकारी) की केन्द्रीय अध्यक्ष अमृता थापा मगरको प्रमुख आतिथ्यतामा सम्पन्न अनेमसंघ(क्रान्तिकारी) काठमाण्डौ महानगरको पहिलो सम्मेलनबाट मुना न्यौपाने अध्यक्ष निर्वाचित भएकी हुन् ।

मुना न्यौपानेको अध्यक्षता, सुनिता महर्जनको संचालन र कल्पना महर्जन श्रेष्ठको स्वागत मन्तब्य रहेको सो कार्यक्रममा नेकपा (माओवादी केन्द्र) काठमाण्डौ जिल्ला ईन्चार्ज हिमाल शर्मा, केन्द्रीय सदस्यहरु सरिता महर्जन, सुनिता गौतम, गोविन्द बटाला, मिना शर्मा, शुशिला पौडेल, सिता अधिकारी, रविन्द्र श्रेष्ठ, नहेन्द्र खडका, काठमाण्डौ जिल्ला संयोजक संजय लामा, सचिव महेश्वर फुयाँल, महानगर संयोजक निरज लामा, महिला नेतृ रमा गिरी, अनिता ढोली, कमला गौतम, मञ्जु पुडासैनी तथा केशरी गौतम, नवराज न्यौपाने, कर्ण स्यांग्तान, दिलीप वन्त, नरेश श्रेष्ठ, लगायतका अतिथिहरुको उपस्थिति रहेको थियो । कार्यक्रममा प्रमुख अतिथि अमृता थापा तथा हिमाल शर्मा, सुनिता गौतम, सीता अधिकारी, रविन्द्र श्रेष्ठ, नहेन्द्र खडका, संजय लामा र कमला गौतम लगायतले सम्मेलन सफलताको शुभकामना दिएका थिए ।

कविता बस्नेत श्रेष्ठ अध्यक्ष, रुद्रा कार्की संचालक र पुर्णा श्रेष्ठ सदस्य रहेको बन्दसत्रमा अध्यक्ष मुना न्यौपानेले संगठनको गतिबिधि र भावि योजना पेश गरेकी थिइन । यसैगरी राधा शर्मा लुइँटेल संयोजक तथा पार्वती अधिकारी, रचना महर्जन, नरेश श्रेष्ठ र कमला कार्की ढोली रहेको निर्वाचन समितिले निर्विरोध प्रक्रियाबाट समिति चयन भएको घोषणा गरेको थियो । यसअघि सो संगठनकी केन्द्रीय सचिव तथा काठमाण्डौ ईन्चार्ज शु्शिला पौडेलले समितिको नामावली प्रस्ताव गरेकी थिइन् ।

यस्तो छ महानगर समिति

वि.सं.२०८२ भदौ १४ शनिवार १२:२९ मा प्रकाशित

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जामा एकै रातमा १० बाख्रामाथि आक्रमण

स्याङ्जा । स्याङ्जाको गल्याङ नगरपालिकामा बाघको आतंक बढ्दै गएको छ।...

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

नेप्से परिसूचक २१ अंकले घट्यो, ४ अर्ब माथिको कारोबार

काठमाडौँ । साताको तेस्रो कारोबार दिन मंगलबार नेपाल स्टक एक्सचेन्ज...

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

विदेश अध्ययनका लागि वित्तीय र परामर्श सेवा दिन नबिल बैंकको ‘नबिल बैंक एजुकेशन हब’

काठमाडौँ । नबिल बैंक लिमिटेडले काठमाडौँको पुतलीसडकमा ‘नबिल बैंक एजुकेशन...

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

युनाइटेड अजोडको सीईओ भट्टराईद्वारा राजीनामा, रिजाललाई कामु सीईओको जिम्मेवारी

काठमाडौँ । युनाईटेड अजोड इन्स्योरेन्स कम्पनीको कामु सिईओको जिम्मेवारीमा डेपुटी...

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

ग्यास अभाव अन्त्यका लागि सहकार्य गर्न ग्यास उद्योग संघको अपिल

काठमाडौँ । बजारमा देखिएको एलपी ग्यासको समस्या हल गर्न र...

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

आवश्यक नभएसम्म नयाँ सिलिन्डर नभराउन एलपी ग्यास उद्योग संघको आग्रह

काठमाडौं । एलपी ग्यास उद्योग संघ नेपालले बजारमा देखिएको खाना...