back
CTIZAN AD

भारतमा ६८ अर्ब डलर लगानी गर्ने जापानको प्रतिबद्धता

वि.सं.२०८२ भदौ १४ शनिवार

2.4K 

shares
टोकियो ।   भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको टोकियो भ्रमणका क्रममा जापानले भारतमा ६८ अर्ब अमेरिकी डलर लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।
जापानका प्रधानमन्त्री शिगेरु इशिबाले भने, “भारतको विशाल बजार यति धेरै सम्भावनाले भरिएको छ कि यसको जीवन्ततालाई समावेश गर्दा जापानको अर्थतन्त्रको वृद्धिलाई अगाडि बढाउन मद्दत पुग्नेछ ।
द्विपक्षीय व्यापार हाल वार्षिक २० अर्ब डलरभन्दा बढीको छ, जसले जापानलाई ठूलो फाइदा पु¥याइरहेको छ ।
चीन भ्रमणअघि प्रधानमन्त्री मोदीको दुई दिने भ्रमणका क्रममा बोल्दै इशिबाले जापानले भारतमा लगानी बढाएर १० ट्रिलियन येन (६८ अर्ब अमेरिकी डलर) पु¥याउने र सेमीकन्डक्टर र एआईमा केन्द्रित सहकार्य पहल गर्ने बताउनुभयो।
जापानको ‘सेल्फ डिफेन्स फोर्सेज’ र भारतीय सशस्त्र बलबीच सैन्य अभ्यास विस्तार गर्न दुवै पक्ष सहमत भएको क्योदो समाचार एजेन्सीले जनाएको छ ।
पूर्वी चीन सागर र दक्षिण चीन सागरको अवस्थाप्रति दुवै देशले ‘गम्भीर चिन्ता’ व्यक्त गरेको क्योदोले जनाएको छ ।
जापानी प्रधानमन्त्री इशिबाले पत्रकारहरूसँग भने, “अन्तर्राष्ट्रिय परिस्थिति झन्झन् अनिश्चित हुँदै जाँदा जापान र भारतले यस क्षेत्रको शान्ति र स्थिरताका लागि हातेमालो गर्नैपर्छ ।” प्रधानमन्त्री मोदीले भने, “भारत र जापान स्वतन्त्र, खुला, शान्तिपूर्ण, समृद्ध र नियममा आधारित इन्डो–प्यासिफिकका लागि पूर्ण प्रतिबद्ध छन् ।”
यसअघि मोदीले टोकियोमा आयोजित एक व्यापारिक मञ्चमा भारत र जापानले ‘एसियाली शताब्दीलाई आकार दिने’ र भारत ‘ग्लोबल साउथमा जापानी व्यवसायका लागि स्प्रिङबोर्ड’ भएको बताएका थिए ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले संयुक्त राज्य अमेरिकामा धेरै भारतीय आयातमा ५० प्रतिशत कर लगाएपछि दुवै देश प्रभावित भएका छन् । जापानको महत्वपूर्ण अटो क्षेत्रले अझै पनि २५ प्रतिशत करको सामना गरिरहेको छ । यद्यपि, जुलाईको व्यापार सम्झौताले उनीहरूलाई लगाउने भनी तयारी गरिएको करमा कटौती गरेको छ । घोषित अतिरिक्त करहरू अझै पनि लागू भएको छैनन्।
यसैबीच, प्रधानमन्त्री मोदी र इशिबाले शनिबार चिप कारखानाको भ्रमण गर्ने भएका छन् ।
सन् २०४७ मा भारतीय स्वतन्त्रताको शतवार्षिकीसम्म जापानले सात हजार किलोमिटर (चार हजार ३५० माइल) उच्च गतिको रेल सञ्जालमा सहयोग पु¥याउने उद्देश्यले उनीहरूले ‘शिन्कानसेन’ बुलेट ट्रेन बनाउने कारखानाको पनि भ्रमण गर्नेछन् । पश्चिमी भारतीय शहरहरू मुम्बई र अहमदाबादबीच पहिलो उच्च गतिको लिङ्क निर्माण गर्ने उद्देश्यले एक संयुक्त परियोजना वर्षौंदेखि ढिलाइ भएको छ र लागत वृद्धिको कारण ग्रस्त बनेको छ।
चिनियाँ राष्ट्रपति सी जिनपिङले आयोजना गरेको साङ्घाई कोअपरेसन अर्गनाइजेसनको शिखर सम्मेलनमा भारतीय प्रधानमन्त्री मोदी र रुसी राष्ट्रपति भ्लादिमिर पुटिन पनि सहभागी हुने कार्यक्रम तय भएको छ ।  सन् २०१८ पछि मोदीको यो पहिलो चीन भ्रमण हुनेछ ।
सबैभन्दा बढी जनसंख्या भएका यी दुई देशदक्षिण एसियामा प्रभाव जमाउने तीव्र प्रतिद्वन्द्वी हुन् र सन् २०२० मा उनीहरूबीच सीमा विवादका कारण कुटनीतिक सम्बन्धमा तनाव सिर्जना भएको थियो ।(रासस/एएफपी)

वि.सं.२०८२ भदौ १४ शनिवार १२:२५ मा प्रकाशित

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डामा नेतान्याहुका दाजुको स्मारक अनावरण

युगान्डाको सेनाले सन् १९७६ मा एन्टेबे विमानस्थलमा गरिएको ऐतिहासिक बन्धक...

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

अमेरिकी आक्रमण तत्काल स्थगित, ’छिट्टै सम्झौता भए इरानमाथि हमला हुँदैन’ : ट्रम्प

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग छिट्टै कूटनीतिक सम्झौता...

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

नाज्का लाइन्स दृश्यावलोकन उडान दुर्घटना, १३ जनाको मृत्यु

बोगोटा । पेरुको नाज्का सहरनजिक शनिबार युरोपेली पर्यटक बोकेको एउटा...

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

इरान युद्ध अन्त्यका लागि सम्झौताको खाका तयार भएको ट्रम्पको दाबी

वासिङ्टन । संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्यपूर्वका सहयोगी...

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजामा रातभरको इजरायली आक्रमणमा आठ जनाको मृत्यु

गाजा सहर । युद्ध अन्त्य गर्ने सम्भावित सम्झौतामा हमासले सहमति...

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

स्पेन–मोरक्को सीमामा गम्भीर संकट

म्याड्रिड । स्पेनको उत्तर अफ्रिकास्थित स्वायत्त सहर स्यूटामा दुई दिनको...