back
CTIZAN AD

संवैधानिक रूपमा निकास खोज्न महासङ्घको आग्रह

वि.सं.२०८२ भदौ २६ बिहीवार

1.1K 

shares

काठमाडौँ । नेपाल पत्रकार महासङ्घले तत्कालको सङ्क्रमणकालीन अवस्थाको अन्त्य गर्दै शान्तिपूर्ण रूपमा विद्यमान समस्या समाधान गर्न राष्ट्रपतिलाई संवैधानिक र राजनीतिक रूपमा निकासका लागि पहल गर्न आग्रह गरेको छ ।

महासङ्घका अध्यक्ष निर्मला शर्माले आज एक विज्ञप्ति जारी गर्दै मूलतः वर्तमान संविधानले निर्धारण गरेको प्रक्रिया र संस्थाहरूमार्फत समाधान खोज्दै मुलुकलाई सहज निकास दिनुपर्ने माग गरेका हुन् ।

मुलुकको निकास गर्ने क्रममा राष्ट्रपतिले वार्ताका लागि जेनजी प्रतिनिधिलाई आह्वान गरिसक्नुभएको अवस्थामा सुरक्षा निकायले सहजीकरण गरी यथाशीघ्र अन्तरिक सरकार बनाउने कार्यको पहल राष्ट्रपतिबाट हुनुपर्नेमा महासङ्घले जोड दिएको छ ।

यस प्रक्रियाका लागि सहजीकरण गर्न पत्रकार महासङ्घलगायत छ वटा पेसागत सञ्जाल पापड तयार रहेको जनाइएको छ । “सबै राजनीतिक समस्या समाधानको प्रयास राष्ट्रपति कार्यालयबाट हुनुपर्छ, जङ्गी अड्डाबाट होइन भन्ने महासङ्घको ठहर छ । पछिल्लो समय शान्तिसुरक्षा कायम गर्न सेनाले खेलेको भूमिका सराहनीय छ”, महासङ्घद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।

जेनजी पुस्ताले उठाएको संरचनात्मक सुधारका मागलाई समेट्दै लोकतान्त्रिक गणतन्त्रको संरक्षण गर्दै थप उपलब्धि हासिल गर्न जरुरी रहेको उल्लेख गर्दै महासङ्घले संयम र संवेदनशील भएर इतिहासको यो कठिन र निर्णायक मोडमा जिम्मेवार बन्न सबै सरोकार भएका पक्षलाई हार्दिक अपिल गरेको छ ।

महासङ्घ लोकतन्त्र, मानव अधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता संरक्षणका लागि निरन्तर वकालत गर्दै आएको भन्दै अहिले सरकारले राजीनामा दिएको र अर्को सरकार बनिनसकेकाले मुलुक सङ्क्रमणकालीन अवस्थामा रहेको अवस्थामा शीघ्र मुलुकको निकास खेज्नुपर्ने विज्ञप्तिमा उल्लेख छ ।

महासङ्घले भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखेर भएको युवा पुस्ताको प्रदर्शनका क्रममा निधन भएकाप्रति हार्दिक श्रद्धाञ्जलि व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामनासमेत गरेको छ ।

जनतालाई सुसूचित गर्न र शान्ति र लोकतन्त्रका लागि सधैँ क्रियाशील रहने पत्रकारहरू र सञ्चारमाध्यमलाई प्रदर्शनकारीले निशाना बनाइएको दुःखद् भएको अध्यक्ष शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

वि.सं.२०८२ भदौ २६ बिहीवार १६:०८ मा प्रकाशित

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

पौडेलको रिटमाथिको सुनुवाइ असार १६ गते

काठमाडौँ । नेकपा (एमाले) का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेलका...

रास्वपा महाधिवेशनः उपभापतिमा डा वाग्ले, अन्यमा निर्वाचन

रास्वपा महाधिवेशनः उपभापतिमा डा वाग्ले, अन्यमा निर्वाचन

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो...

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

ब्रटिस काउन्सिल नेपालद्वारा आइइएलटिएस सञ्चालन गर्ने उत्कृष्ट साझेदार संस्थालाई सम्मान

काठमाडौं । ब्रिटिस काउन्सिल नेपालले २५ जुन २०२६ मा आइइएलटिएस...

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

‘मैदानमा क्रिकेट ब्याटको प्रहार, महिला सशक्तीकरणको आधार’

पोखरा । कुनै समय थियो, नेपाली समाजमा छोरीहरूले क्रिकेट मैदानमा...

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

ट्राफिक कारबाहीमा एकैदिन २० लाख ७९ हजार राजस्व सङ्कलन

काठमाडौँ । बितेका २४ घण्टामा दुई हजार ४३८ सवारीचालक सवारी...

२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम

२० वर्ष पूरा भएका अविवाहित छोरीका अभिभावकलाई सम्मान, छोरीलाई प्रोत्साहन रकम

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकाले २० वर्ष उमेर पूरा भई...