
काठमाडौँ । जेनजीको आन्दोलनमा ललितपुरस्थित नख्खु कारागारबाट भागेका सञ्जय साह टक्ला पक्राउ परेका छन् ।
मंगलटार इलाका प्रहरी कार्यालयका अनुसार टक्लालाई काभ्रेबाट पक्राउ गरेको हो । टक्लालाई सोहि प्रहरी कार्यलयबाट पक्राउ गरेका हुन् । १२ वर्षदेखि कारागारमा रहेको टक्लालाई कैद भुक्तानको लागि कारागारा पठाउने तयारी भईरहेको छ ।
सहकारी ठगी आरोपमा पुर्पक्षका लागि नख्खु कारागारमा रहेका रवि लामिछानेलाई सुरुमा कारागारबाट निकालिएको थियो । त्यसको केही समयमा टक्लासहित सबै कैदी कारागारबाट भागेका थिए । उनीहरुले कारागारमा आगजनी समेत गरेका थिए ।
१८ वैशाख २०६९ मा जनकपुरको रामानन्द चोकमा ५ जनाको ज्यान जाने गरी भएको वम विष्फोट घटनाको मुख्य नाइकेको अभियोगमा उनी सजाय काटिरहेका थिए ।
वि.सं.२०८२ भदौ २६ बिहीवार १६:२६ मा प्रकाशित