सम्पुर्ण नेपाली दाजुभाइहरुले केही कुरा गम्भीर भएर सोच्नुपर्छ। हामी उर्लिदो भलबाडीमा डुंगा को यात्रामा छौं। हामिले डुंगा (boat ) जोगाउन सकेनौं भने हाम्रो यात्रा र ज्यान दुवै सकिने छ्न। यो डुंगा हाम्रो देश हो। हामीले सतर्क हुनुपर्छ।
१) सबै जेन जि का साथीहरू तपाईहरुलाई थाह छ कसरी तपाइहरुको आन्दोलन हाइज्याक गरेर लुटपाटमा लगीयो। हामीले होस गर्नुपर्छ। अहिले हामी सङ्ग केहि छैन। सिंहदरबार जलाइयो। संसद जलाइयो। सर्बोच्च अदालत पनि जलाइयो। प्रहरी कार्यलयहरु सबै जलाइए। अर्थात देशलाई बर्बाद पार्ने तत्वको व्यापक घुसपैठ भएको थियो। यसबाट हाम्रो देशका बिरुद्ध कोहि सक्रिय भएको छ। यो कुरा हामीले दिमाग राखेर मात्र सबै कुरा सोच्नु पर्छ।
अहिले संबिधान खारेज गर्नु भनेको जेन जि को होइन अरुकै स्वार्थ पुरागर्ने योजना कार्यान्वयन गर्नु हो।
२) हिजो देखि नै आन्दोलनको आह्वान गर्ने भन्दा संदिग्ध मान्छेहरु सेना संङ्ग छ्लफलमा सक्रिय भए। को प्रधानमन्त्री भनेर लंडाइ नै गर्न थाले।यो शुभ संकेत होइन।
३) अहिले हामीसङ्ग संबिधान छ।संबिधान रहेसम्म रास्ट्रपति र सभामुख रहन्छ्न, संसद भंग भएपनि। संबिधानमा अध्यादेशबाट संशोधन गरेर सरकार चलाउन र निर्वाचन सम्पन्न गर्न सकिन्छ। अत: केही मानिसले अहिले नै संबिधान खारेज गर्नुपर्छ भनी उठाइरहेको मागले रास्ट्रलाई घातक मार्गमा लैजाने छ। तेसो भयो भने हाम्रो डुंगा पल्टिने छ।
४) केही बाहिरी शक्ति यो संबिधान आउनै नदिने पक्षमा थिए। तर पनि यो आयो। अतन्त ठुलो दवावका माझबाट आएको हुंदा यस्मा धेरै गल्ती भए। अत: सच्याउने कुराहरु धेरै छ्न। त्यो अब हुने निर्वाचन पछी बन्ने संसदले गर्ने छ र त्यसले अहिलेको पुस्ताको प्रतिनिधित्व पनि गर्नेछ। तसर्थ अहिले संबिधान खारेज गर्नु भनेको जेन जि को होइन अरुकै स्वार्थ पुरागर्ने योजना कार्यान्वयन गर्नु हो।
५) संबिधानले देशलाई “सार्बभौमसत्ता लोकतान्त्रीक” भनेको छ। संबिधानै खारेज गरेपछि त हाम्रो सत्तानै कुण्ठित हुन्छ। हाम्रो सर्बोच्च अदालत जलाएर कामै गर्न नसक्ने पारेको छ। यस्तो अवस्थामा संबिधान खारेज गर्नु भनेको ब्वांसाले आक्रमण गर्ने बेलामा छानो फ्याँक्नु जस्तो हो। ख्याल गरौं। केहि मानिस संबिधानको खारेज गर्नु पर्छ भनी बिचार दिइरहेका छ्न। यो गलत हुन्छ।
अत: यो कुरामा ख्याल गरौं।
यो पनि पढ्नुस्
आज जुन अवस्थामा नेपाल कुन्ठित छ, यसका पछाडि सानामसिना थुप्रै कारण छ्न। तर कारणहरु सहायक र प्रधान हुन्छ्न।सहायक कारणहरु प्रधान कारणका ‘छेउछाउ’मा उम्रीएका असरमात्र हुन।
(१) नेपाली नेतालेले जनतामा सेवा प्रक्षेपण गर्न सकेनन र जीवनको भरोसा पनि निर्माण गर्नपनि सकेनन।
(२) किन ? किनकि उनीहरु आफ्नो स्वार्थको भारीबाट किचिए।
(३) यो स्वार्थले उनीहरुलाई नैतिकताबाट बिचलित गर्यो।
(४) नैतिकताको पतनले उनिहरुलाई बेइमानी बनायो र कमाउने धुनमा भ्रष्ट बनायो। यस्तै यस्तै।
यी सबै सहायक कारण हुन, र मुलकारणको असरका रुपमा जन्मिएका हुन। मुलकारण के हो त ?
१) मुलकारण चैं नेता र कार्यकर्तालाइ ‘एउटा परीभाषित संगठनमा जोडने र आबद्ध गरि राख्ने बिचारको समुल बिसर्जन वा स्खलन हो।’
२) राजनीतिक दर्शन उनीहरुको यात्राको दिशा हो। यो दर्शनलाई ब्याबाहारमा अभिव्यक्त गर्ने सुत्र बिचार हो। बिचारलाई परीणाममा बदल्ने माध्यम रणनीति हो। नेपाली समाजले समाजवादी चिन्तन र बिचारलाई मुल बिचार्को रुपमा अंगाल्यो। पंचायती व्यवस्थामा पनि समाजवादका केही बिशेषता थिए। नेपाली कांग्रेसले गन्तव्यलाइ समाजवादतर्फ नै उन्मुख गर्यो। कम्युनिस्टहरुले त समाजवादलाई एकमात्र लक्ष मान्छ्न।
३) भौतिक अन्तरक्रियावाद (materialist dialetics) समाजको संरचनामा अंतर्विरोधको निर्णायक भुमिका देख्छ। यस्को मान्यता अनुसार समाजमा कुलिनहरु(बुर्जुवा) हुन्छ्न, जस्ले अरुका श्रममा आफ्नो जीवन चलांउछ्न। शिक्षक, वकिल, डाक्टर, प्रध्यापक आदि आफ्नै श्रममा बांच्ने तर अरुको लाभ र खुसिमा सरोकार नराख्ने बर्ग हुन्छ जो थोरै कुलिनको चरित बोक्छ जस्लाइ ‘साना कुलीन भनिन्छ।’ किसान अर्को बर्ग हो जसभित्र धनी जग्गावाला, आफनै खेत र श्रम भएको किसान, मोहि किसान र भुमिहिन किसान हुन्छ्न। अनि मज्दुर हुन्छ्न, भुमी मज्दुर। समाज अनुसार अनेक बर्ग हुन्छ्न। यिनै बर्गहरु बिचको संबन्ध र संघर्षले समाज गति निर्धारण गर्छ र समाज मासिने कि उन्नत हुने हो भन्ने निर्धारण पनि गर्छ।
४) राजनीति यहि बर्गको द्वन्द्व र व्यवस्थापनको वरिपरि घुम्छ।अतस्हरेक राजनीतिक दलले आफ्नो पहिचान र अस्तित्वका लागी खास बर्गमा आफ्नो जग निर्माण गर्दछ र त्यस्कै मद्दतमा खडा हुन्छ र त्यही बर्गको रुपान्तरण उस्को प्राथमिक रणनीति हुन्छ।
५) यहि यथार्थतालाइ नेपालका राजनीति दलले त्यागी दिए, र दृस्टिकोण बिहिन, भ्रष्ट क्लबमा बदली दिए। यो नै अहिले राजनीति दलले भोगेको संकटको कारण हो। जुन बर्ग उन्को आधार हो त्यही बर्गले उनिहरुले धोका दिएको ठानी भांटा लगायो, उनीहरुको घर जलायो, र आज भाग्नुपरेको अवस्था छ। उनीहरुको दलमा समाहित कार्यकर्ता जस्को निरन्तर दासत्त्वपुर्ण शोषण भयो, आज बिचल्ली भएका छ्न। नेताहरु अहिले गल्ती भएको भनी रोदन त गर्दै छ्न, तर यो अन्तरात्माको आलोचना वा स्विकारोक्ती होइन।
उनिहरुको बांच्ने चतुरयाइ मात्र हो।
अत:
१) युवापुस्ताले यो गल्तीको विश्लेषण गर्दै आफ्नो बर्गिय सैधान्तिक धरातल ठम्याइ राजनीतिलाई आम नागरिकको खुसी र सुखको लागि समर्पित गर्नु पर्छ।
२) उनिहरुले दलमा युवा, बौद्धिक, ब्यवसायिकको नेतृत्व स्थापित गर्नुपर्छ। कथीत विकल्प त भल्बाडी मात्र हो। अफबाहमा आधारित प्रचामा टिकेको उनीहरुको पदनिती र धन्दानिती आफै ढल्छ।
३) बिगतको नेतृत्वलाई पार्टीबाट बिस्थापित गरि आफ्नो नेतृत्व कामबाट स्थापित गर्नुनै उनीहरुको गन्तव्य हो। उनीहरुको आन्दोलन, सक्रियता र लगनशीलता उनीहरुले प्रतिनिधित्व गर्ने बर्गको समृद्धि प्रती केन्द्रीत हुनुपर्छ।
४) यस अर्थमा अहीलेको संकट ‘प्याराडाइम सिफ्ट’ वा समग्र रुपान्तरणकोलागि प्रेरणा हो। एक महान नेताले भनेका छ्न – ‘संकट जति दुष्ट छ समाधान त्यतिकै गुणात्मक हुन्छ।’
५) यदि यो सत्यलाई बुझ्न अहिलेका बिद्यार्थी र युवाले सकेनन भने स्वाभाविक रुपमा उनीहरुको यात्रा अवसरवादी राजनीतिको हुनेछ।
अहिले दन्डित राजनीतिक दलका युवा कार्यकर्ताले यो यथार्थतालाइ बुझी आफ्नो बिचारधारालाइ तिखार्नुपर्छ। इमान्दारीता ‘कल्टिबेसन’ गर्नुपर्छ र गैर कुलीन जीवन पद्धति बिकास गर्नुपर्छ। राजनीति उमेरको खेल होइन। राजनीति समग्र जनसंख्याको रुपान्तरणको सक्रियता हो।
वि.सं.२०८२ भदौ २७ शुक्रवार १२:५५ मा प्रकाशित


























