back
CTIZAN AD

काँग्रेसले सडकबाट भन्योः सुरक्षा निकाय कुम्भकर्ण झैँ सुत्यो

वि.सं.२०८२ भदौ २७ शुक्रवार

1.3K 

shares

काठमाडौँ । संविधान र लोकनत्त्र बचाऔँ भन्दै नेपाली काँग्रेसपनि सडकमा आन्दोलित भएको छ । शुक्रबार काँग्रेसका विभिन्न नेता तथा कार्यकर्ताहरु गोंगबु काठमाडौमा संविधान र लोकनत्त्र बचाउँन भन्दै आन्दोलन गरेका हुन् ।
आन्दोलनको क्रममा एक वक्ताले माओवादी युद्धले १५ वर्ष पछाडि धकेलेको देश जेनजी भनिएको आन्दोलनले ३० वर्ष पछाडि धकेलेको बताए । उनले लोकतन्त्रको सुन्दर पक्ष मानिएको न्यायपालिका, कार्यपालिका र व्यवस्थापिका तीनै तहलाई खरानी बनाइएको भन्दै आक्रोश पोखे ।

‘सार्वजनिक सम्पत्ति बचाउन सकेनन्, हाम्रा सभापतिको समेत सुरक्षा गर्न सकेनन्’, ती व्यक्तिले भने, यो सुरक्षा निकाय कुम्भकर्ण जस्तै निदायो । बिउँझनु पर्ने बेलामा सुत्यो, सुत्ने बेलामा बल्ल बिउँझियो ।’
उनले नेपालका सार्वजनिक सम्पति र व्यक्तिका नीजि सम्पति खरानी पारिँदा नेपाल आमा रोइरहेको भन्दै संविधानबचाउन लोकतन्त्रबादीलाई सडकमा आउन आग्रह गरे ।

‘यो देशलाई निरन्तकुशसतातर्फ धकेल्न तानाबाना भयो । आवश्य परे ६२÷६३ को जस्तै आन्दोलन गर्नपनि पछाडी हट्दैनौँ’, उनले थपे, ‘कस्का कारणले यस्तो भयो हामीले चिनेका छौँ । देशलाई विधोंस बनाउनेलाई छोड्नुहुन्न कानुनी दायरामा ल्याउनै पर्छ ।’

उनले जेनजीको नेतृत्व गर्नेहरुलाई सञ्जालमा गाली गरेर नचल्ने भन्दै जेनजीकै नेतृत्वमा एक महिना सरकार चलाएर देखाउन चुनौती दिए ।

वि.सं.२०८२ भदौ २७ शुक्रवार १३:२३ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...