back
CTIZAN AD

भैरहवामा शान्ति र सद्भाव र्याली

वि.सं.२०८२ भदौ २७ शुक्रवार

1.7K 

shares

भैरहवा (रुपन्देही) । देशमा शान्ति र सद्भाव कायम गर्ने उद्देश्यका साथ भैरहवामा शान्ति र सद्भाव ¥याली सम्पन्न भएको छ ।

लुम्बिनी प्रेस क्लबको संयोजन र विभिन्न सङ्घसंस्थाको आयोजनामा भएको र्यालीमार्फत देशमा भइरहेको ‘जेनजी’ आन्दोलनपछि शान्ति कायम गर्न आह्वान गरिएको छ ।

बेलहियास्थित नेपाल–भारत सिमानाबाट सुरु भएको र्याली बुद्धचोकमा पुगेर समापन भएको थियो । कार्यक्रममा विभिन्न वक्ताहरूले शान्तिको महत्व र सद्भाव कायम राख्नुपर्ने आवश्यकतामा जोड दिएका छन् ।

कार्यक्रममा ‘जेनजी’ पुस्ताका सागर ज्ञवालीले देश नयाँ पुस्ता र व्यवस्थामा गइसकेकाले आन्दोलन र तोडफोडको स्थानमा नयाँ नेपाल बनाउनतर्फ लाग्नुपर्ने बताए । उनले हाल बजार चलायमान बनाउन शान्ति अपरिहार्य रहेकाले शान्तीपूर्वक बजार सञ्चालन गर्नुपर्ने बताए ।

नेपाल उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेशका अध्यक्ष कृष्णप्रसाद शर्माले युवापुस्ताले गरेको आन्दोलनपछि अब सम्हालिएर अगाडि बढ्नुपर्ने बताए ।

यस्तो अवस्थामा युवाको जायज मागलाई पूरा गर्दै देशमा शान्ति सद्भाव कायम होस् भन्ने उद्देश्यले ¥यालीको आयोजना गरिएको बताउनुभयो । देशैभरि सद्भाव कायम गर्न सन्देश दिने उद्देश्य रहेको र ‘जेनजी’ पुस्ताले नै यसको अगुवाइ गरेको बताए ।

लुम्बिनी प्रेस क्लबका अध्यक्ष कमला रायमाझीले देशको विकास र समृद्धिका लागि शान्ति अपरिहार्य रहेको र सबै मिलेर सद्भावको वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिए ।

¥यालीमा लुम्बिनी प्रेस क्लब, उद्योग वाणिज्य महासङ्घ लुम्बिनी प्रदेश, सिद्धार्थ उद्योग वाणिज्य संघ, रुपन्देही, चेम्बर अफ कमर्श, सिद्धार्थ सञ्जाल, सिद्धार्थ सार्वजनिक यातायात प्राली, नेपाल भन्सार एजेन्ट सङ्घ, सिद्धार्थ होटल सङ्घ, भैरहवा मर्निङवाक ग्रुप, होटल तथा रेष्टुरेन्ट व्यवसायी सङ्घ, रुपन्देही, पश्चिमाञ्चल यातायात प्रालीलगायत संस्थाको सहभागिता थियो ।

वि.सं.२०८२ भदौ २७ शुक्रवार १२:२६ मा प्रकाशित

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

विपद् व्यवस्थापनका लागि प्रदेशदेखि पालिकासम्म सर्वदलीय राजनीतिक संयन्त्र गठन गरिने

काठमाडौँ । विपद् प्रभावित क्षेत्रमा खोज तथा उद्धार, राहत वितरण,...

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

कृष्णभीर पहिरोको दीर्घकालीन समाधान खोजिँदै, टनेलदेखि बाइपाससम्मको अध्ययन हुने

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा गएको पहिरोका कारण अवरुद्ध सडक...

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

भोटेकोसी बाढी : हालसम्म १,०५० शव फेला, ११,८८४ जनाको उद्धार

काठमाडौँ । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीमा हालसम्म १ हजार...

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

भोटेकोसी घटनाको सातौँ दिनः यस्तो छ खोज, उद्धार र राहत अपडेट

काठमाडौँ । सँधै झै दैनिक अपडेट सार्वजनिक गर्दै आएका प्रधानमन्त्री...

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

सरकारद्वारा सूचना सम्प्रेषण गर्न राष्ट्रिय पोर्टल सञ्चालनमा

काठमाडौँ । नेपाल सरकारले नागरिकलाई सरकारी सूचना तथा सेवासम्बन्धी जानकारी...

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

भोटेकोसी अपडेट : एक विदेशी नागरिकसहित ११८ जनाको उद्धार

काठमाडौँ । भोटेकोसी बाढी प्रभावित क्षेत्रमा नेपाली सेनाले हवाई साधनमार्फत...