back
CTIZAN AD

श्रीमान्लाई रुखमा बाँधेर सुत्केरीमाथि बलात्कार

वि.सं.२०८२ भदौ ३० सोमवार

1.2K 

shares

काठमाडौं । मकवानपुरमा दुई महिने सुत्केरीमाथि बलात्कार भएको छ । राक्सिराङ–१, इन्द्रुङमा राम्रोसँग बोल्न नसक्ने पिछडिएको एक चेपाङ सुत्केरी महिलामाथि बलात्कार भएको हो ।

भदौ २६ गते राति उनका श्रीमानलाई रुखमा बाँधेर दुई महिने सुत्केरी श्रीमतीलाई बलात्कार गरेको पाइएको राक्सिराङ प्रहरी चौकीका इञ्चार्ज नवीन सिंहले जनाए ।

बलात्कार आरोपमा प्रहरीले स्थानीय ४२ वर्षीय अन्तरे थिङलाई पक्राउ गरेको छ । उनलाई आइतबार साँझ नै पक्राउ गरि मनहरी इलाका प्रहरी कार्यालय पठाइएको सिंहले बताए ।

‘रुखमा बाँधेर पत्नीमाथि बलात्कार गरिरहँदा आरोपीले उल्टै श्रीमानलाई कोही आएको छ कि छैन हेर’ भनेर काम अह्राएको अनुसन्धानमा खेलेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार ती दम्पती राम्रो बोल्न सक्दैनन् । उनीहरुको आफ्नै घर पनि छैन । घटनाको सन्दर्भमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वि.सं.२०८२ भदौ ३० सोमवार ११:१० मा प्रकाशित

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन...