back
CTIZAN AD

भैरहवामा भारी वर्षाले जनजीवन प्रभावित

वि.सं.२०८२ भदौ ३० सोमवार

1.2K 

shares

भैरहवा (रुपन्देही) । भैरहवा र यसका आसपासका क्षेत्रमा गएरातिदेखि परेको भारी वर्षाका कारण जनजीवन प्रभावित भएको छ । लगातारको झरीले सहरका विभिन्न भाग डुबानमा परेपछि स्थानीय बासिन्दालाई आवतजावतमा कठिनाइ भएको छ ।

विशेषगरी भैरहवाका वडा नम्बर ३ को खजहना, वडा नम्बर ६ को भैया टोल र बैंकरोड क्षेत्रमा पानी जमेको छ । सडकहरू पानी भरिँदा पैदल यात्रु र सवारीसाधन दुवैलाई समस्या भएको छ । स्थानीय बासिन्दाका घर र पसलमा पनि पानी पसेको छ ।

सहरको महत्त्वपूर्ण मानिने भीम अस्पताल परिसर पनि डुबानमा परेको छ । यसले गर्दा बिरामी र उनीहरूका आफन्तलाई अस्पतालसम्म पुग्न र त्यहाँभित्र आवतजावत गर्न असहज भएको छ । यसैगरी हालै सञ्चालनमा आएको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको प्रवेशद्वार र पार्किङ क्षेत्रमा समेत पानी जमेको छ । जसले गर्दा यात्रुहरूलाई केही असुविधा भएको छ ।

भारी वर्षाका कारण सडक यातायात पनि प्रभावित भएको छ । भैरहवामा रहेका कुलोहरू नयाँ बनाउने नाममा साँघुरो पारेको, समयमा त्यसको सरसफाइ नगरेका कारण यस्तो समस्या वर्षेनि आउने गरेको डुबान पिडित स्थानीय अजय गुप्ताको भनाइ छ ।

वि.सं.२०८२ भदौ ३० सोमवार ११:४२ मा प्रकाशित

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै

महोत्तरी । महोत्तरीका स्थानीय तहले एकपछि अर्को गर्दै पछिल्लो साता...

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्लामा आगलागीबाट तीनतले घर नष्ट

हुम्ला । गए राति सिमकोट गाउँपालिका–७ का महेन्द्रबहादुर शाहीको तीनतले...

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

राजेश हमालको अभिव्यक्तिपछि सीमा बहस फेरि चर्चामा

काठमाडौं । नेपाल–भारत सीमा विवादका विषयमा सामाजिक सञ्जालमा चर्चित अभिनेता...

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

ट्रेड यूनियन अधिकारको विषय उठाउन जेटियुसिसीको टोली जेनेभा जाँदै

काठमाडौं । जेटियुसिसीले ट्रेड युनियन अधिकारको विषयमा आवाज उठाउन भोलि...

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

जलवायु एवं प्रकृतिमैत्री विकासलाई प्राथमिकता दिन मन्त्री चौधरीको आह्वान

काठमाडौँ । कृषि, वन तथा वातावरणमन्त्री गीता चौधरीले जलवायु परिवर्तनका...

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

संविधानको मूल संरचना अक्षुण्ण राखेर मात्र संविधान संशोधन गर्न पूर्वप्रधानन्यायाधीशको सुझाव

काठमाडौँ । पूर्वप्रधानन्यायाधीश एवं मन्त्रिपरिषद्का पूर्वअध्यक्ष खिलराज रेग्मीले संविधान संशोधन...