back
CTIZAN AD

९ वर्षीया बालिकाको हत्या छिमेकीले गरेको खुलासा

वि.सं.२०७४ जेठ २७ शनिवार

738 

shares

२७ जेठ, सुरुङ्गा (झापा) । दमक नगरपालिका– २ निवासी हेमकुमार दाहालकी नौ वर्षीया छोरी गङ्गा दाहालको सोही ठाउँ निवासी ४३ वर्षीय लक्ष्मीप्रसाद अधिकारीले हत्या गरेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय दमकले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गर्दै घटनाका विषयमा जानकारीसहित हत्यामा संलग्न अधिकारीलाई कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा म्याद थप गरी अनुसन्धान अघि बढाएको जनाएको छ । अधिकारीले बालिकाकी दिदीलाई जबर्जस्ती करणी गर्न खोजेको प्रहरीले जनाएको छ ।

दिदीलाई जबर्जस्ती करणी गर्न खोज्दा बालिकाले देखेपछि आफूले बुधबार बेलुका बालिकाको उनकै घरभित्र बन्चरो प्रहार गरी हत्या गरेको अधिकारीले प्रहरी समक्ष स्वीकारेपछि उनलाई कर्तव्य ज्यान र जबर्जस्ती करणी मुद्दामा म्याद थप गरिएको प्रहरी नायब उपरीक्षक राजन लिम्बूले बताउनुभयो ।

उहाँले भन्नुभयो, “मृतक बालिका स्थानीय हिमालय माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययन गर्दै थिइन्, स्कूलबाट घर फर्किएपछि उनी पेट दुख्यो भन्दै घरको माथिल्लो तलामा गएर सुतेकी थिइन्, सोही समयमा ठूलोबुबा भनिने छिमेकी अधिकारीले दिदीमाथि जबर्जस्ती करणीको प्रयास गरेका थिए, मुख थुनेर करणीको प्रयास भइरहँदा दिदीले चिच्याएपछि मृतक बालिका ब्युझिएकी थिइन् र हल्ला गर्ने डरले उनको हत्या भएको रहेछ ।”

अधिकारीले बालिकाको अनुहार, टाउको र छातीमा पटक–पटक बन्चरो प्रहार गरी हत्या गरेको अवस्थामा शव फेला परेको थियो प्रहरी नायब उपरीक्षक लिम्बूले भन्नुभयो ।

वि.सं.२०७४ जेठ २७ शनिवार ०३:२३ मा प्रकाशित

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

श्रमिक दिवसको अवसरमा मन्त्री यादवद्वारा तीन वटा घोषणा

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले अन्तरराष्ट्रिय...

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

लाग्यो उँभौली, भेडाबाख्रा धपाउँदै लेक चढे गोठालाहरु

गोरखा । उँभौली पर्व सुरु भएसँगै छ महिनाअघि बेशी झरेका...

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटनका किसानलाई अनुदानमा यान्त्रिक हलो

ढोरपाटन (बागलुङ) । ढोरपाटन नगरपालिकाले यहाँका ४८ जना किसानलाई ५०...

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

ग्रामीण पर्यटन प्रवद्र्धन गर्न बन्दीपुरमा ‘होमस्टे मार्ट’

बन्दीपुर । गाउँ पर्यटनको प्रवद्र्धन गर्ने उद्देश्यले तनहुँको प्रसिद्ध पर्यटकीय...

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनालले सिद्धार्थ गौतमबुद्धका उपदेश र मार्गदर्शनले...

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

राहदानी सेवाग्राहीका घरमा पु¥याउँदै चितवन प्रशासन

चितवन । जिल्ला प्रशासन कार्यालय चितवनमा बनेर आएका राहदानी लिन अब...