back
CTIZAN AD

जैविक खेतीलाई अबलम्बन गर्दै घराम्दी र टिकोटका किसान

वि.सं.२०८२ असोज २ बिहीवार

996 

shares

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी र टिकोटका किसानले जैविक विधिबाट तरकारी खेती गरेका छन् । खर्चिलो र मानव स्वास्थ्यका लागि प्रतिकूल मानिएको रासायनिक विषादी र मलको विकल्पमा घरेलु विधीबाट तरकारी, खाद्यबाली र आलु खेती गरेका हुन् । आलु खेतीको पकेट क्षेत्र टिकोट र घराम्दीका बासिन्दाले बन्दा, काउली, साग, किबी, गोलभेडा, काँक्रो, सिमी लगायत मौसमी तथा बेमौसमी तरकारी खेती गरेका छन् ।

यहाँ ५० जना भन्दा बढी व्यवसायिक किसान छन् । टिकोटका किसान टिका तिलिजा पुनले तरकारीमा रोगकिरा लाग्न नदिन र नियन्त्रण गर्नका लागि गाईभँैसीको मलमूत्र प्रयोग गरेको बताए ।

“पलास्टिकको बोतलमा सङ्कलन गरेर राखेको गाईभैँसीको मूत्रलाई आवश्यक पर्दा बिरुवाको जरा, जरामा हाल्छौँ,” उहाँले भन्नुभयो “टीकोटमा रासायनिक मल पनि अहिलेसम्म भित्रिएको छैन् ।” टिकोट र घराम्दीमा करिब दुई सय ५० घरपरिवारको बसोबास छ । यहाँका किसानको प्रत्येक गोठमा गाईभँैसीको मुत्र सङ्कलन गरेर राखेका छन् । पिसाबमा भएको किटाणुलाई नष्ट गर्ने क्षमता कायमै राख्नका लागि बन्द बोतल प्रयोग गरेका हुन् ।

मल र गहुँतका लागि किसानले घरघरमा गाईभँैसी र गोरु पालेका छन् । जङलबाट स्याउला र सोत्तर कुहाएर मल बनाउने गरेका छन् । गहुँतमा बोझो, केतुकी, खुर्सानी, टिम्मुरको पातको टुक्रा मिसाएर बनाएको जैविक विषादी प्रभावकारी हुने घराम्दीका किसान गमप्रसाद फगामीले बताए ।

“तापक्रम वृद्धि र मौसम परिवर्तनको असरले पछिल्लो समय नयाँ कीरा देखिएका छन,” उनले भने “मैले जानकारी पाएसम्म यो गाउँमा विषादी र रासायनिक मल प्रयोग गरिएको छैन् ।”

“जैविक विधिबाट उत्पादन भएको आलु र तरकारी स्वच्छ हुने भएकाले बजारमा माग उच्च छ,” उनले भने “मूल्य पनि राम्रो पाएको छ ।” बेनी, कुश्मा, बागलुङ र पोखरामा टिकोट र घराम्दीको आलु तथा तरकारी खपत हुन्छ । आलु र बन्दाखेती यहाँका बासिन्दाको प्रमुख आयस्रोत हो ।

यहाँबाट वार्षिक रु दुई करोड भन्दा बढी मूल्यको आलु र रु. एक करोड बराबरको बन्दा बिक्री हुने गरेको अन्नपूर्ण गाउँपालिका–७ का वडा सदस्यसमेत रहेका टिकोटका व्यावसायिक किसान वुद्धिविर पुनले बताए ।

टिकोट र घराम्दी समुन्द्रि सतहदेखि दुई हजार तीन सय मिटर उचाइमा रहेको छ । चिसो हावापानीमा जैविक विधिबाट उत्पादन भएको तरकारी स्वस्थकर र स्वादिलो हुने भएकाले उपभोक्ताको रोजाईमा परेको छ । अन्नपूर्ण गाउँपालिकाले टिकोटमा तरकारी पकेट कार्यक्रम सञ्चालन गरेको कृषि अधिकृत श्याम शरण कुर्मीले बताए । कार्यक्रममार्फत कसानलाई तरकारी खेतीका लागि आवश्यक बीउ, टनेल, सिँचाइ सामग्री उपलब्ध गराएको उनले बताए ।

वि.सं.२०८२ असोज २ बिहीवार १३:३० मा प्रकाशित

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

नेपाल -भारत चारु साहित्य आठौँ वार्षिकोत्सब तथा २१३ औं भानुजयन्ती सम्पन्न

दाङ । लमही नगरपालिका र चारु सहित्य प्रतिष्ठान लुम्बिनी प्रदेशको...

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

यस्तो छ आजका लागि फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका...

मेची राजमार्गको राजदुवाली  सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

मेची राजमार्गको राजदुवाली सडक खण्ड भासिएपछि यातायात अवरुद्ध

फिक्कल (इलाम) । मेची राजमार्गअन्तर्गत इलामको गोलाखर्क–राजदुवाली सडकखण्ड अवरुद्ध भएको...

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

आजको मौसम विवरण : विभिन्न स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका...

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

यस्तो छ आजको बजारमा विदेशी मुद्राको विनिमयदर

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको...

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

आज आदिकवि भानुभक्तको २१३ औँ जन्मजयन्ती विविधि कार्यक्रम गरी मनाइँदै

काठमाडौँ । आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्ती आज देश तथा...