back
CTIZAN AD

पाकिस्तानको बलुचिस्तानमा बम विस्फोट, ६ जनाको मृत्यु

वि.सं.२०८२ असोज ३ शुक्रवार

969 

shares

इस्लामाबाद । पाकिस्तानको दक्षिणपश्चिमी बलुचिस्तान प्रान्तमा बिहीबार भएको बम विस्फोटमा कम्तीमा ६ जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् ।
विस्फोट चमन जिल्लास्थित एक ट्याक्सी स्ट्यान्डमा भएको हो, जुन पाकिस्तान–अफगानिस्तान सीमामा पर्ने क्षेत्र हो । विस्फोटपछि घाइते र मृतकलाई तत्कालै जिल्ला मुख्यालय अस्पताल लगिएको थियो ।

चमनस्थित मेडिकल इमर्जेन्सी रेस्पोन्स सेन्टर (एमइआरसी) का प्रमुख गफूर उर रहमानले शिन्ह्वालाई जानकारी दिँदै भने,“घाइतेको अवस्था अत्यन्तै गम्भीर छ ।”
विस्फोटको कारणबारे अहिलेसम्म यकिन विवरण प्राप्त नभए पनि सुरक्षा बलहरूले घटनास्थललाई घेराबन्दी गरी अनुसन्धान सुरु गरिसकेका छन् । हालसम्म कुनै पनि समूहले हमलाको जिम्मेवारी लिएको छैन ।

यस घटनापछि मुलुकका शीर्ष नेताहरूले दुख प्रकट गरेका छन् । प्रधानमन्त्री शहबाज शरिफले विस्फोटको कडा निन्दा गर्दै घटनामा ज्यान गुमाउनेहरूप्रति गहिरो दुःख व्यक्त गरेका छन् । साथै, उनलेदोषीहरूलाई कडा कारबाही गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
प्रधानमन्त्री शरिफले भन्नुभयो,“बलुचिस्तानलाई अस्थिर पार्ने प्रयासहरू कहिल्यै सफल हुन दिने छैनौं । दोषीहरूलाई कानुनी कठघरामा उभ्याइनेछ ।” (रासस/सिन्ह्वा)

वि.सं.२०८२ असोज ३ शुक्रवार १७:४४ मा प्रकाशित

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

गण्डकी प्रदेशस्तरीय भलिबलमा पुरुषतर्फ तनहुँ र पर्वत तथा महिलातर्फ कास्की र म्याग्दी फाइनलमा

दमौली (तनहुँ) । जिल्ला खेलकुद विकास समिति तनहुँको आयोजनामा दमौलीमा...

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

नेपाली श्रमिकलाई श्रम सचेतना तथा सुरक्षित रोजगारीबारे जानकारी

काठमाडौँ । संयुक्त अरब इमिरेट्स (युएई)स्थित नेपाली राजदूतावासले आबुधावीमा कार्यरत...

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

अमेरिकाको फ्लोरिडामा डुङ्गा दुर्घटना, अनुसन्धान सुरु

न्यूयोर्क । अमेरिकाको फ्लोरिडा राज्यस्थित मियामी नजिक शनिबार भएको डुङ्गा...

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

धनुषामा बस दुर्घटना हुँदा चालकसहित १७ जना घाइते

धनुषा । पूर्व–पश्चिम सडकखण्डअन्तर्गत जिल्लाको मिथिला नगरपालिका–०९ फुटबल ग्राउण्ड नजिक...

आगलागीबाट १२ घरगोठ जलेर नष्ट

आगलागीबाट १२ घरगोठ जलेर नष्ट

राजविराज (सप्तरी) । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–६ स्थित वभनगामा टोलमा...

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

विपद् जोखिम न्यूनीकरण र व्यवस्थापन सम्बन्धमा रास्वपाको ‘नीति मन्थन’

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज ‘विपद् जोखिम...