२७ जेठ, बुटवल । लुम्बिनी अञ्चल अस्पताल बुटवलको एआरटी ९एन्टिरेट्रोभाइरल ट्रिटमेन्ट० केन्द्रबाट एचआइभी उपचार सेवा लिइरहेका १०१४ जनाको भौतिक डाटा अडिट गर्ने कार्य सम्पन्न भएको छ ।
लुम्बिनी अञ्चल अस्पताल र एएचएफ नेपालको संयुक्त आयोजनामा एचआइभी उपचाररत बिरामीको भौतिक डाटा अडिट कार्य सम्पन्न भएको हो ।
एचआइभी बिरामीको भौतिक डाटा अडिट गर्ने गर्दा नियमित उपचार सेवामा रहेका सङ्क्रमितमध्ये १७ जनाको अवस्था हाल अज्ञात स्थितिमा रहेको पाइएको छ । यस्तै नियमित एआरटीसेवा लिइरहेका सङ्क्रमितको सङ्ख्या हाल झरेर ९९७ आइपुग्दा आठजना पुरुष र तीनजना महिला गरी ११ जना फेरि पनि अनियमित रहेकाले उनीहरुलाई तुरुन्तै खोजी गरी नियमित गराउन लुम्बिनी अञ्चल अस्पताल र एएचएफ नेपालले अभियानमा लाग्ने बताएको छ ।
यसैगरी यो मितिसम्म उपचार लिइरहेका ५३ जना बालबालिकामध्ये सातजना वयस्क भइसकेको पाइएको हुनाले उनीहरुलाई वयस्कमा राख्दा ४७१ जना पुरुष र ४५८ जना महिला पुगेका छन् ।
यिमध्ये पनि १९ जना बालबालिकामध्ये दुई जनाको तौल ३५ केजी ननाघेको हुनाले साविककै उपचार विधि कायम राख्नु परे तापनि बाँकी १७ जनाको उपचार विधिलाई तुरुन्तै वयस्कको मापदण्डअनुरुप गर्ने काम तुरुन्तै थालिने लुम्बिनी अञ्चल अस्पतालले जनाएको छ ।
लुम्बिनी अञ्चल अस्पताल र एएचफ नेपालको यस भौतिक डाटा अडिटबाट यस अस्पतालको एआरटी ९एन्टिरेट्रोभाइरल ट्रिटमेन्ट० केन्द्रबाट भइरहेको सेवाका कमी कमजोरी पत्ता लाग्ने र यसले औल्याएका सुझावलाई सुधार गर्दै जाँदा नेपाल सरकारको ९० प्रतिशत एचआइभी पोजिटिभ केश पत्ता लगाउने, ९० प्रतिशतलाई उपचार दिने र ९० प्रतिशतलाई निको गराउने अभियानमा टेवा पुग्ने लुम्बिनी अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र सञ्जेल क्षेत्री बताउनुहुन्छ ।
वि.सं.२०७४ जेठ २७ शनिवार ०९:११ मा प्रकाशित






























