back
CTIZAN AD

झापाको गाउँपालिकामा एमाले उम्मेदवार छनौटमा व्यापक असन्तुष्टि

वि.सं.२०७४ जेठ २७ शनिवार

852 

shares

uml-flag
२५ जेष्ठ, झापा । नेकपा एमालेका जिल्ला अध्यक्ष चिन्तन पाठकको गाउँपालिका बुद्धशान्तिमा उम्मेदवार छनौटको विषयलाई एमाले भित्र तिर्व असन्तुष्टि देखिएको छ ।

पार्टी नेतृत्वले उम्मेदवार छनौटमा एकलौटी निर्णय गरेको र राम्रा भन्दा पनि हाम्रालाई काखी च्यापेको आरोप लगाउँदै असन्तुष्ट पक्षले २ दिन देखि बुधबारेमा रहेको पार्टी कार्यालय तालावन्दी गरेको छ । कार्यालयमा तालाबन्दी भएपछि चुनावी कार्यक्रममा समेत प्रभाव परेको छ । यद्यपी चुनावी कार्यक्रमलाई केही ठाउँमा भने निरन्तरता दिइरहिएको छ । नेतृत्व चयन गर्ने विषयमा सिन्डिकेट हावी भएको र त्यसले एमाले पार्टीलाई घाटा पुग्ने भन्दै उम्मेदवार चयनका विषयमा पुनः गम्भिर भएर सोच्नुपर्ने र जित्ने उम्मेदवार उठाउनुपर्ने असन्तुष्ट पक्षले माग राखेको छ ।

सांसद प्रेम गिरी लगायतको टोलीले वुद्धशान्तिमा उम्मेदवार चयन गर्दा हचुवाको भरमा मत सर्वे गर्दै नाम नै तोकेर फलाना उम्मेदवारका रुपमा उठे जित्ने मत सर्वेले देखायो भन्दै एकलौटी गतिविधि बढेकाले एमालेको लाल किल्ला मानिने बुद्धशान्तिमा
ठूलो घाटा पुग्ने खतरा देखिएको असन्तुष्ट पक्षको भनाई छ ।
यसैविच नेकपा एमाले बुद्धशान्तिका संयोजक इन्द्र अधिकारीले तालावन्दीको विषय र वर्तमानमा देखिएको समस्या सांसदहरुको टोली आएर समाधान गर्ने जानकारी दिएका छन् । प्रधानमन्त्री चयनको प्रकृयामा सहभागी हुन सांसदहरु काठमाडौंमा भएकाले समस्या
समाधान हुन ढिला भएको अधिकारीको भनाई छ ।

वि.सं.२०७४ जेठ २७ शनिवार ०६:०८ मा प्रकाशित

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

दार्चुलामा मध्य चमेलिया जलविद्युत् आयोजना निर्माण हुने

काठमाडौँ । सुदूरपश्चिम प्रदेशको जलविद्युत् केन्द्रका रुपमा स्थापित चमेलिया नदीमा...

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

बोइलर कुखुराको अवैध ओसारपसार नियन्त्रण भएपछि मासु पसल पुनः सञ्चालन हुँदै

नेपालगञ्ज । बाँकेको सीमा क्षेत्रबाट हुने बोइलर कुखुराको अवैध ओसारपसार...

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

ज्योति विकास बैंकका एटिएमहरूमा ‘नेपालपे’ कार्ड चल्ने

काठमाडौँ । ज्योति विकास बैंकका ग्राहक तथा सर्वसाधारणले अब बैंकको...

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

सुर्खेतमा दुई दिन कुरेर सिलिण्डर भर्छन् उपभोक्ता

कर्णाली । सुर्खेतमा एक सातादेखि खाना पकाउने एलपी ग्यास लिन...

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

संरक्षण र रेखदेखको पर्खाइमा रहेका विमानस्थल

गण्डकी । बिना व्यावसायिक योजना निर्माण गरिएका कतिपय विमानस्थल सञ्चालनमा...

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

आँपको उत्पादन बढ्यो, घटेन मूल्य

काठमाडौँ । आँपको उत्पादनको पछिल्लो तथ्यांक हेर्ने हो भने यसको...