back
CTIZAN AD

पशुपतिमा नवरात्री महोत्सव

वि.सं.२०८२ असोज ७ मंगलवार

765 

shares

काठमाडौँ । बडादसैँका अवसरमा पवित्र धार्मिक तीर्थस्थल पशुपति क्षेत्रमा सोमबारदेखि ‘अठारौँ नवरात्री महामहोत्सव’सुरु भएको छ । श्रीमा दुर्गा भवानी पूजा तथा हिन्दू संस्कृति परिषद्ले आयोजना गरेको महोत्सव यही असोज १६ सम्म सञ्चालन हुनेछ ।

महोत्सवमा देवी भागवत प्रवचन गरिनेछ । उक्त महोत्सवको उद्घाटन गर्दै परिषद्का अध्यक्ष रामशोभित नायकले पशुपति क्षेत्रलाई धार्मिक तीर्थाटानका माध्यमबाट धार्मिक पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको बताए । उनले धार्मिक सहिष्णुता अभिवृद्धि गर्न पनि महोत्सव उपयोगी हुने विश्वास व्यक्त गरे ।

यसअघि गुहेश्वरीबाट बागमतीसम्म कलशयात्र गरिएको थियो । उद्घाटनका अवसरमा महाआरती विशेष गरिएको थियो । प्रत्येक दिन दुर्गा माताको प्रवचन, तथा भजनकृतन गरिनेछ । यसैगरी, घटस्थापना सुरु भएसँगै देशभरिका नवदुर्गा भगवतीका मन्दिरलाई रङरोगनसहित झिलीमिली बनाइन थालिएको छ । अहिले सहर, बजारदेखि गाउँघरमा दसैँका लागि भन्दै घर पोत्ने र मन्दिर क्षेत्रमा सरसफाइ गर्ने कार्य तीव्र रूपमा अगाडि बढाइएको छ ।

यसै सिलसिलामा सोमबार घटस्थापनाको दिन काठमाडौँको मैतिदेवी मन्दिरलाई विभिन्न किसिमका झिलीमिली बत्तीले सजाइएको छ । मन्दिर र सो क्षेत्रलाई झकिझकाउ बनाइएको छ । प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्वमा यहाँ नवदुर्गा भगवतीको विशेष पूजाआराधना गरिन्छ । मार्कण्डेय पुराणमा उल्लेख भएअनुसार महानवमी तिथिकै दिन चामुण्डा देवीले रक्तबीज राक्षसलाई ‘बध’ गरेकाले महानवमी पर्वलाई विशेष महत्त्वका साथ लिइन्छ ।

नवरात्रको अन्तिम दिन पनि देशभरका शक्तिपीठमा पूजा आराधना एवं दर्शनका लागि भक्तजनको घुइँचो लाग्ने गर्दछ । आश्विन शुक्ल प्रतिपदाका दिन घटस्थापना गरी जमरा राखिएको पूजा कोठा वा दसैँ घरमा नवदुर्गामध्येकी नवौँ देवी सिद्धिदात्रीको विधिपूर्वक पूजा आराधना गरिन्छ ।

वि.सं.२०८२ असोज ७ मंगलवार ०७:०५ मा प्रकाशित

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सामाजिक तथा धार्मिक सद्भाव कायम राख्न सर्वपक्षीय प्रतिबद्धता

सुदूरपश्चिम । धार्मिक तथा साम्प्रदायिक सद्भाव, सामाजिक एकता र शान्ति...

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

‘देश र कांग्रेस जोड्न साउन २० गते राष्ट्रिय भेला’

काठमाडौँ । नेपाली कांग्रेसमा विशेष महाधिवेशनबाट निर्वाचित र १४औँ महाधिवेशनबाट...

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

सरकारद्वारा हिम पहिरोमा परी निधन भएका आरोहीप्रति दुःख व्यक्त

काठमाडौँ । नेपाल सरकारले विश्वको १२औँ अग्लो हिमाल ‘ब्रोड पीक’...

कांग्रेस एकताका लागि राष्ट्रिय एकता भेलाको घोषणा

कांग्रेस एकताका लागि राष्ट्रिय एकता भेलाको घोषणा

काठमाडौं । पछिल्लो समय नेपाली कांग्रेसभित्र संगठन सञ्चालन, क्रियाशील सदस्यता,...

थाइल्यान्डबाट गाँजा बोकेर आएका तीन भारतीय नागरिक पक्राउ

थाइल्यान्डबाट गाँजा बोकेर आएका तीन भारतीय नागरिक पक्राउ

काठमाडौँ । थाइल्यान्डबाट ११ किलो गाँजा बोकेर आएका तीन भारतीय...