back

दोहोरो अंकले बढ्यो नेप्से, सबै सुचक हरियाली

वि.सं.२०८२ असोज ७ मंगलवार

117 

shares

काठमाडौँ । साताको तेस्रो दिन पनिसेयर बजार बढेको छ । आज नेप्से ५८.६३ अंकले बढेर २६८२.२५ विन्दुमा कायम भएको हो ।

आज १ करोड १३ लाख सेयर किनबेच हुँदा ५ अर्ब २९ करोड बराबरको रकम कारोबार भएको छ । अघिल्लो कारोबारको तुलनामा आज कारोबार रकममा भने गिरावट आएको छ । आज २३८ वटा कम्पननीको सेयर मूल्य बढेको छ भने १४ वटाको मूल्य भने घटेको छ ।

त्यस्तै आज सबै उपसूचक पनि बढेको छ । बैँकिङ समूह १.३८, विकास बैंक २.९५, वित्त समूह २.१२, होटल समूह २.७८, जलविद्युत समूह ३.३०, लगानी समूह १.६६, जीवन बीमा २.३१, उत्पादन समूह १.१२, लघुवित्त २.५४, सामुहिक लगानी कोष ०.६३ निर्जीवन बीमा ३.४८ , अन्य समूह २.५१ र व्यापार समूह १.८३ प्रतिशतले बढेको छ । आज सबैभन्दा बढी बढ्ने सुचकमा निर्जीवन बीमा रहेको छ ।

आज सप्तकोशी विकास बैंक र जोशी हाईड्रोपावरको मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै ग्रीन विकस बैंक,नारायणी विकास बैंक, सिन्धु विकास बैंक, भुगोल इनर्जी र एशीयन हाईड्रोपावरका मूल्य ९.९९ प्रतिशतले बढेको छ । त्यस्तै आज प्रभु स्मार्ट फण्डको मूल्य सबैभन्दा बढी घटेको छ ।

कारोबार रकमका आधारमा यस दिन नेपाल पुनर्बीमा कम्पनी शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको यस दिन ३८ करोड ६८ लाख रुपैयाँबराबरको शेयर किनबेच भएको छ। त्यस्तै, यस दिन यूनिभर्सल पावर कम्पनीको करिब साढे १८ करोड रुपैयाँको शेयर कारोबार भएको छ भने हिमालयन डिष्टिलरीको कारोबार रकम १८ करोड नाघेको छ।

वि.सं.२०८२ असोज ७ मंगलवार १५:२९ मा प्रकाशित

आजदेखि एसवाई प्यानलको आईपीआ भर्न पाईने

आजदेखि एसवाई प्यानलको आईपीआ भर्न पाईने

काठमाडौँ  । आजदेखि एसवाई प्यानलको आईपीओ मंगलबारदेखि खुलेको छ ।...

नेप्से परिसूचकमा १११ अङ्कको वृद्धि

नेप्से परिसूचकमा १११ अङ्कको वृद्धि

काठमाडौँ । गत हप्ता अन्तिम कारोबार दिन नकारात्मक सर्किट लागेर...

शेयर कारोबार आजदेखि सुचारु हुने

शेयर कारोबार आजदेखि सुचारु हुने

काठमाडौँ । आजदेखि शेयर कारोबार सुचारु हुने भएको छ ।...

बिहीबारदेखि पुनः शेयर कारोबार हुने

बिहीबारदेखि पुनः शेयर कारोबार हुने

काठमाडौँ । जेनजी प्रदर्शनका कारण उत्पन्न भएको विषम परिस्थितिका कारण...

बन्दीपुर केवलकारको आईपीओ आज बाँडफाँट हुँदै

बन्दीपुर केवलकारको आईपीओ आज बाँडफाँट हुँदै

काठमाडौँ । आज बन्दीपुर केवलकार एण्ड टुरिजम लिमिटेडको आईपीओ बाँडफाँट...

नेप्से परिसूचक ३८ अङ्कले घट्यो

नेप्से परिसूचक ३८ अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचकमा आज...