back
CTIZAN AD

आजदेखि एसवाई प्यानलको आईपीआ भर्न पाईने

वि.सं.२०८२ असोज ७ मंगलवार

1.1K 

shares

काठमाडौँ  । आजदेखि एसवाई प्यानलको आईपीओ मंगलबारदेखि खुलेको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गरेको हो ।

कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय कित्ताको ४० प्रतिशत सेयर अर्थात् ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको छ । जसमध्ये २ लाख ६१ हजार ६२७ कित्ता उद्योग प्रभावित क्षेत्रका लागि र ४ लाख ९७ हजार ९२ कित्ता वैदेशिक रोजगारमा रहेकाहरूका लागि छुट्याइएको छ । उद्योग प्रभावित क्षेत्रका रुपमा चितवन जिल्लाको रत्ननगरपालिकाका सबै वडाहरू समेटिएका छन् ।

न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने बिक्री प्रवन्धक प्रभु क्यापिटलले जनाएको छ ।

प्रभावित स्थानीयले प्रभु बैंकका सौराहा शाखा, टाँडी शाखाबाट आवेदन दिन सक्नेछन् । प्रभु क्यापिटलको अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

त्यस्तै वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसको मुख्य कार्यालय काठमाडौंको तीनकुनेमा छ ।

भदौ २९ गतेबाट आईपीओमा आवेदन खुलाइने भनिए पनि विषम परिस्थितिका कारण सारिएको थियो ।

वि.सं.२०८२ असोज ७ मंगलवार १०:५२ मा प्रकाशित

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

नेप्से परिसूचक सामान्य अङ्कले घट्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापन नेप्से परिसूचक आज...

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

नेप्सेको नयाँ सीईओका लागि आवेदन खुला, योग्यता र अनुभव कति चाहिन्छ ?

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) ले नयाँ प्रमुख...

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

नेपाल राष्ट्र बैंकद्वारा ’नेपाल ई बिज म्यानेजमेन्ट’ को अनुमतिपत्र स्वतः रद्द

काठमाडौँ । नेपाल राष्ट्र बैंकले भुक्तानी सेवा प्रदायक संस्था ’नेपाल...

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

नेप्से परिसूचक १४ अङ्कले बढ्यो

काठमाडौँ ।  धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज...