back

बिहीबारदेखि पुनः शेयर कारोबार हुने

वि.सं.२०८२ असोज १ बुधवार

738 

shares

काठमाडौँ । जेनजी प्रदर्शनका कारण उत्पन्न भएको विषम परिस्थितिका कारण बन्द भएको शेयर कारोबार यही असोज २ गते बिहीबारदेखि पुनः सुरु हुने भएको छ ।

नेपाल धितोपत्र बोर्डले कारोबार रोक्का गर्न दिएको निर्देशन बमोजिम बजार बन्द हुँदै आएको थियो । अवस्था सहज भएपनि शेयर कारोबार बन्द गरिएको भन्दै बोर्ड र नेप्सेको आलोचना हुँदै आएको थियो ।

बोेर्डले मंगलबार पुनः निर्देशन दिँदै धितोपत्रको दोस्रो बजार कारोबार साबिक बमोजिम सञ्चालन गर्न निर्देशन दिएको थियो ।

बोर्डको निर्देशनपछि बजार नियमित सञ्चालन हुन लागेको नेप्सेका प्रवक्ता मुराहरि पराजुलीले जानकारी दिए ।

वि.सं.२०८२ असोज १ बुधवार ०९:०३ मा प्रकाशित

Himalayan Life AD
नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

नेप्से परिसूचकमा २७ अङ्कको गिरावट

काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज ९नेप्से० परिसूचक २७ दशमलव ६४...

बीमा प्राधिकरणले अद्यावधिक गरेका १४ जीवन बीमा कम्पनी कुन-कुन हुन् ?

बीमा प्राधिकरणले अद्यावधिक गरेका १४ जीवन बीमा कम्पनी कुन-कुन हुन् ?

काठमाडौँ । नेपाल बीमा प्राधिकरणले १४ वटा जीवन बीमा कम्पनीहरूको...