
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज राष्ट्रका नाममा सम्बोधन गर्ने भएकी छन् ।
जेनजी विद्रोहका बलमा अन्तरिम सरकारका तर्फबाट प्रधानमन्त्री बनेकी कार्कीले साँझ ६ बजे राष्ट्रका नाममा सम्बोधन गर्ने तयारी गरेकी हुन् ।
प्रधानमन्त्री भएपछि उनको पहिलोपटक सम्बोधन हुने छ । उनले सम्बोधनका क्रममा सरकारका प्राथमिकता र वाचाहरु सार्वजनिक गर्ने अपेक्षा गरिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा यसको तयारी भइरहेको छ । मुख्यसचिवसहित केही सचिवहरू पनि यसमा संलग्न छन् ।
वि.सं.२०८२ असोज ९ बिहीवार १२:१७ मा प्रकाशित