back

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडान स्थगन

वि.सं.२०८२ असोज १८ शनिवार

135 

shares

काठमाडौँ । बिहानदेखिको अविरल वर्षाका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलका आन्तरिकतर्फका उडानहरू स्थगन गरिएका छन् ।

खराब मौसमका कारण काठमाडौँ, भरतपुर, जनकपुर, भद्रपुर, पोखरा र तुम्लिङटार विमानस्थलमा उडान स्थगित भएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थल कार्यालयका महाप्रबन्धक हङ्सराज पाण्डेले राससलाई जानकारी दिए ।

उनले भने, “मौसमी अवस्थाको पुनरावलोकन भइरहेको छ । अन्तरराष्ट्रिय उडानहरू भइरहेका छन् । अविरल वर्षाका समयमा उडान गर्न जोखिम हुने भएकाले आन्तरिकतर्फ भने अहिले उडान स्थगन गरिएको छ ।”

अविरल वर्षाका कारण आज बिहानदेखि आन्तरिक उडानतर्फका उडानहरू प्रभावित भएका हुन् । काठमाडौँसहित देशभरका विभिन्न ठाउँहरूमा बिहानदेखि लगातार वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

विभागका अनुसार आज र भोलि भारीदेखि अति भारीसम्म वर्षा हुने चेतावनी दिइसकेको छ भने रातिमा अझ धेरै वर्षा हुने जनाएको छ ।

 

वि.सं.२०८२ असोज १८ शनिवार १०:४८ मा प्रकाशित

Himalayan Life AD
आइतबारबाट बस्ने भनिएको एमाले सचिवालय बैठक सर्यो

आइतबारबाट बस्ने भनिएको एमाले सचिवालय बैठक सर्यो

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को सचिवालय बैठक सारिएको...

विपद्बाट सिर्जित विषम परिस्थितिमा जनताको सेवामा जुट्न माओवादीको आग्रह

विपद्बाट सिर्जित विषम परिस्थितिमा जनताको सेवामा जुट्न माओवादीको आग्रह

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले उच्च सतर्कताका साथ...

अलपत्र यात्रुलाई सुरक्षित स्थानमा राख्न र खानाको बन्दोवस्त गर्न मन्त्रालयको अनुरोध

अलपत्र यात्रुलाई सुरक्षित स्थानमा राख्न र खानाको बन्दोवस्त गर्न मन्त्रालयको अनुरोध

काठमाडौं । अविरल वर्षाका कारण देशका विभिन्न राजमार्गमा अलपत्र परेका...

यसरी गरौं बाढी र डुबानबाट बच्न पूर्व तयारी

यसरी गरौं बाढी र डुबानबाट बच्न पूर्व तयारी

काठमाडौं । हाल देशका विभिन्न जिल्लामा भारी वर्षा भइरहेको छ...

उद्धार कार्यका लागि राज्यका सबै संयन्त्र तयारी अवस्थामा छन्– प्रधानमन्त्री

उद्धार कार्यका लागि राज्यका सबै संयन्त्र तयारी अवस्थामा छन्– प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले बाढीबाट उत्पन्न समस्याहरुको चुनौतीको सामना...

बल्खुस्थित वागमती किनारका सयभन्दा बढी सुकुम्वासी परिवारलाई विद्यालयमा सारियो

बल्खुस्थित वागमती किनारका सयभन्दा बढी सुकुम्वासी परिवारलाई विद्यालयमा सारियो

काठमाडौँ । काठमाडौँ महानगरपालिका–१४ बल्खुस्थित वागमती खोलामा पानीको बहाब बढेपछि...