
सिंहदरवार
बनिरहेको थियो ज्वालामुखी
तुवाँलोको मुस्लो र रापभित्र
पिडाको आँसु पिएर
मैले जहाजउडाइरहेको थिएँ
राडारको दिशा पक्डेर
आफ्नै बाटो र गन्तव्यमा
रहर र सपनाहरूको हुटहुटी बोकेर ।
अनायासै
बदलियो मौसम
तूफानबनीकालो बादल
फैलियो सुन्दर आकाशभरि
विलीनभएतारापुञ्जहरू
हाइज्याकभयो कसैबाट
मेरो जहाज
नियन्त्रण भयो मेरो सिट
नियन्त्रण गरियो मलाई
बन्धकबनाइयो मलाई
मेरो विचार, रहर र सपनाहरूलाई
बदलेर दिशा
पर्दाभित्र र बाहिरका
खलनायकहरूको सल्लाह र निर्देशनमा
लोभ र लालचाकोआशा र विलासमा
अबरुद्ध पारियो यात्रा
अलपत्रपारियो यात्रीहरू
डर, त्रास, पिडा र मौनताको सिटमा ।
यात्रीहरू
टिठलाग्दा र हतोत्साहीअनुहारमा
फुङ्ङ उडेको दिक्दारी मनमा
उजाड मरुभूमि केलाउँदै
रुझेको मुहारमा
पसिना र आँसुको मसीले यात्रानक्शा कोर्दै
बोक्दैछन् अझै आशा
उज्ज्वल गन्तव्यको ।
डा. हरिकुमार श्रेष्ठ ‘शिखर’
नागार्जुन–१०, स्युचाटार, काठमाडौँ
असोज २१, २०८२ (दसैँ पूर्णिमा)
वि.सं.२०८२ असोज २३ बिहीवार १८:०७ मा प्रकाशित