
मलङ्गवा (सर्लाही) । बलरा नगरपालिका–१० सुदामा भएर बग्ने मनुष्मारा नदीमा डुबेर एक युवकको मृत्यु भएको छ ।
नदीमा नुहाउन गएका सोही वडाका २८ वर्षीय विवेक चौधरीको आज बिहान मृत्यु भएको सर्लाहीका प्रहरी प्रवक्ता सरोज राईले जानकारी दिए । शव परीक्षणका लागि प्रादेशिक अस्पताल ल्याइएको छ ।
वि.सं.२०८२ असोज २४ शुक्रवार १०:४१ मा प्रकाशित