back
CTIZAN AD

सर्लाहीमा ब्राउन सुगरसहित एक युवक पक्राउ

वि.सं.२०८२ असोज २७ सोमवार

1K 

shares

जनकपुरधाम । सर्लाही प्रहरीले लागूऔषधसहित एक युवकलाई पक्राउ गरेको छ। प्रहरीले क्षिरेश्वर नगरपालिका–३ का २० वर्षीय नन्दु सहनीलाई ब्राउन सुगरसहित नियन्त्रणमा लिएको हो।

ईलाका प्रहरी कार्यालय खजुरी अन्तर्गतको ठाढिझिझा प्रहरी चौकीबाट खटिएको टोलीले सोमबार दिउँसो सहनीलाई पक्राउ गरेको हो। प्रहरीका अनुसार सहनीको साथबाट ९ ग्राम १८० मिलिग्राम तौलको ब्राउन सुगरजस्तो देखिने धुलो पदार्थ बरामद गरिएको छ।

पक्राउ परेका सहनीलाई ईलाका प्रहरी कार्यालय खजुरीको हिरासतमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा उनले सो पदार्थ भारतबाट ल्याएको हुन सक्ने आशंका प्रहरीले गरेको छ।

सर्लाही प्रहरीले हालै सिमानाक्षेत्र हुँदै हुने लागूऔषध तस्करी नियन्त्रणका लागि विशेष अभियान सञ्चालन गरेको छ। सोही अभियानअन्तर्गत पछिल्लो समय विभिन्न ठाउँमा कडा चेकजाँच र निगरानी बढाइएको प्रहरी स्रोतले जनाएको छ ।

वि.सं.२०८२ असोज २७ सोमवार १०:३८ मा प्रकाशित

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

बीमा प्राधिकरण कोशी प्रदेशको वार्षिक प्रगति आर्थिक मामिला तथा योजनामा पेश

विराटनगर । नेपाल बीमा प्राधिकरण, कोशी प्रदेश कार्यालय विराटनगरले  आर्थिक...