back
CTIZAN AD

प्रचण्डलाई आरोप लगाउने सुवेदीविरुद्ध साइबर ब्यूरोमा उजुरी

वि.सं.२०८२ असोज २७ सोमवार

942 

shares

काठमाडौं। पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक देवेन्द्र सुवेदीविरुद्ध नेपाल प्रहरीले साइबर अपराधसम्बन्धी उजुरी दर्ता गरेको छ।

नेकपा (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को सचिवालयका तर्फबाट दिइएको उजुरीमा सुवेदीले सामाजिक सञ्जालमार्फत तथ्यहीन र भ्रमपूर्ण प्रचारप्रसार गरेको आरोप लगाइएको छ।

उजुरीका अनुसार सुवेदीले प्रचण्डको निवासमा आगलागी हुनुभन्दा दुई दिनअघि नै “दुई वटा ट्रकमा दुई करोड रुपैयाँ लगेर लुकाइएको” भनी पूर्ण रूपमा गलत र मनगढन्ते सामग्रीहरू सामाजिक सञ्जालमा प्रसारित गराएका थिए।

सचिवालयले उजुरीमार्फत भनेको छ — “यसरी डिजिटल माध्यम प्रयोग गरी भ्रम सिर्जना गर्नु र पार्टी नेतृत्वको चरित्रहत्या गर्नु गम्भीर साइबर अपराध हो।”

सो उजुरी नेपाल प्रहरीको साइबर ब्यूरो, काठमाडौंमा हिजो दर्ता गरिएको हो। उजुरीमा डिजिटल माध्यममार्फत गरिएको यस्तो गलत प्रचारप्रसार साइबर कानुनविपरीत भएको भन्दै आवश्यक अनुसन्धान गरी कानुनी कारबाही गर्न माग गरिएको छ।

 

 

वि.सं.२०८२ असोज २७ सोमवार १०:५९ मा प्रकाशित

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

बाढी पीडित राहत : ६०० वाईसीएल अग्रभागमा

काठमाडौँ । आपत विपद्मा नागरिकको साथ र सहयोगमा जुट्दै आएको...

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर महानगरमा ४१८ सीसीटीभी क्यामेरा जडान

भरतपुर । भरतपुर महानगरपालिकाले सहरको सुरक्षा तथा निगरानी प्रणालीलाई थप...

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

राज्यले सहयोग नचाहेको कांग्रेसको गुनासो

काठमाडौं । नेपाली कांग्रेसले भोटेकोशी विपत्तिमा आफ्ना जनप्रतिनिधिहरू राहत तथा...

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

बोेल्दा बोल्दै संसद्को सभाकक्षमा लडे सासद खड्का

काठमाडौँ ।  नेपाली कांग्रेसका सांसद भरतबहादुर खड्का संसद्को सभाकक्षमा लडेका...

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

यस्तो छ – प्रधानमन्त्तीसँगको भेटमा नेता वर्षमान पुनले बुझाएको १८ बुँदे सुझाव

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपाली कम्युनिष्ट पार्टीका नेता तथा...

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

संसदीय समितिद्वारा सुरुङमा फसेकाको उद्धारमा प्राथमिकता दिन निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा, पूर्वाधार विकास समितिले भोटेकोशी बाढीबाट जलविद्युत् आयोजनाका...