काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आजदेखि सुरु हुँदै छ। बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने तयारी भएको छ।
बैठकमा पेश गरिने एजेन्डा भने अहिलेसम्म टुंगो लागेको छैन। त्यसका लागि आज बिहान ११ बजे कार्यसम्पादन समिति बैठक बस्ने र एजेन्डा तय गर्ने कार्यक्रम रहेको बताइएको छ।
पार्टीका शीर्ष नेताहरूबीच लगातार छलफल हुँदै आए पनि केन्द्रीय समितिमा पेश गर्ने एजेन्डाको विषयमा सहमति जुट्न सकेको छैन। एजेन्डामै मतभेद भएपछि आइतबार बोलाइएको बैठक आजका लागि सारिएको थियो।
नियमित महाधिवेशन मंसिरभित्रै गर्नुपर्ने कि नसक्ने भन्ने विषयमा नेताहरूबीच फरक धारणा देखिएको छ। यही मतभेदकै कारण पनि कांग्रेसको आन्तरिक एकता परीक्षणमा परेको बताइन्छ।
वि.सं.२०८२ असोज २८ मंगलवार ०७:४५ मा प्रकाशित




























