back
CTIZAN AD

हमासको नियन्त्रणमा रहेका विपिन जोशीको मृत्यु पुष्टि

वि.सं.२०८२ असोज २८ मंगलवार

1.1K 

shares

गाजा । हमासको कब्जामा परेका नेपाली नागरिक विपिन जोशीको मृत्यु भएको पुष्टि भएको छ।

हमासको सशस्त्र शाखा अल–कसम ब्रिगेड्सले सोमबार विज्ञप्ति जारी गर्दै जोशीसहित चार जना मृत बन्दीहरूको पहिचान सार्वजनिक गरेको हो। विज्ञप्तिअनुसार मृतकहरूमा गाय इलुज, योसी शाराबी, विपिन जोशी र ड्यानियल पेरेज रहेका छन्।

अल–कसम ब्रिगेड्सले ती चार जनाको शव इजरायली पक्षलाई हस्तान्तरण गर्ने घोषणा गरेको छ। यो प्रक्रिया इजरायल र हमासबीच भएको नयाँ सम्झौताकाे एक हिस्सा भएको बताइएको छ। उक्त सम्झौताअनुसार इजरायलले केही प्यालेस्टाइनी कैदीहरूलाई रिहा गर्नेछ।

यसअघि हमासले गाजामा रहेका २० जना जीवित बन्दीहरूलाई रिहा गरिसकेको दाबी गरेको थियो। तर, केही मृत इजरायली बन्दीका अवशेषहरू अझै हमासको नियन्त्रणमा रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।

इजरायली अधिकारीहरूले भने उक्त सम्झौताअन्तर्गत हमासले मृतक बन्दीहरूको शव फिर्ता गर्नुपर्ने माग गरेका छन्।

वि.सं.२०८२ असोज २८ मंगलवार ०७:३२ मा प्रकाशित

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

तीनजना सवार मोटरसाइकल दुर्घटना, एकको मृत्यु, एक गम्भीर घाइते

कपिलवस्तु । कपिलवस्तु नगरपालिका–६ सिद्धिपुरस्थित भित्री सडकखण्डमा तीन जना सवार...

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

गण्डकीमा औषधिजन्य र औद्योगिक प्रयोजनका लागि गाँजाखेतीले कानुनी मान्यता पायो

पोखरा । गण्डकी प्रदेशमा औषधिजन्य तथा औद्योगिक प्रयोजनका लागि गाँजाखेती...

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

एक वर्षमा जीवन बीमामा २ खर्व रुपैयाँभन्दा बढी बीमाशुल्क संकलन, नेपाल लाइफको दबदवा कायमै

काठमाडौं । नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको गत आर्थिक वर्ष...

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

मुग्लिङ–नारायणगढ सडक पुनः सञ्चालनमा

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

फेदीखोलाले मनायाे दोस्रो राष्ट्रिय कोदो दिवसः स्थानीय उत्पादन प्रवर्द्धनमा जोड

स्याङ्जा । नेपाल सरकारको मिति २०८३ साउन ६ गतेको निर्णयअनुसार...

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

मुग्लिङ–नारायणगढ सडक पहिरोका कारण दुईतर्फी अवरुद्ध

चितवन । चितवनको इच्छाकामना गाउँपालिका–५ मुग्लिङस्थित सार्वजनिक शौचालय नजिक सडकमाथिबाट...