२८ जेठ, काठमाडौँ । घरेलू टोली इङल्यान्डले अष्ट्रेलियालाई पराजित गरेसँगै बंगलादेश च्याम्पियन्स ट्रफीको सेमिफाईनलमा प्रवेश गरेको छ । कंगारु टोली अष्ट्रेलिया वर्षाको कारण पहिलो २ खेल अवरुद्ध भएपछि न्युजील्याण्ड र बंगलादेशसँग अंक बाँडेको थियो ।
समूह ‘ए’बाट शत प्रतिशत जित निकालेको इङल्यान्डको ३ खेलमा ६ अंक जोडेको छ भने बंगलादेश ३ खेलमा १ जित , १ हार र १ मा बराबरी गर्दै ३ अंक जोडेको छ ।
सेमिफाइनलमा बंगलादेशले दक्षिण अफ्रीका र भारतबिच हुने खेलको विजेता सँग खेल्ने छ भने भने घरेलु टोली इङल्यान्डले श्रीलंका र पाकिस्तान बिच हुने खेलको विजेतासँग खेल्ने छ ।
वि.सं.२०७४ जेठ २८ आइतवार ०६:०५ मा प्रकाशित






























