Logo
२१ जेष्ठ २०८०, आईतवार
     Sun Jun 4 2023
E-paper
  English Edition
   Unicode
Logo

मास्कोस्थित प्राच्यविद्या संस्थानमा नेपालीहरूको स्वागत



welcome-in-mascow-university--2

कृष्णप्रकाश श्रेष्ठ

मास्को, ७ जून । रसियाली विज्ञान प्रज्ञा–प्रतिष्ठान अन्तर्गत प्राच्यविद्या संस्थानका निर्देशक, इतिशासशास्त्रक महाविद्यावारिधि, रूसमा बुद्धधर्म र दर्शनका प्रकाण्ड विद्वान् भालेरीपाभ्लोभिच आन्द्रोसोभ तथा रूसका लागि नेपाली राजदूत महामहिम ऋषिराम घिमिरेका बीच भेट परिचय तथा अन्तरक्रिया सुसम्पन्न भएको छ । भेटवार्ता कार्यक्रममा प्राच्यविद्या संस्थान अन्तर्गत भारतवर्ष अनुसन्धान केन्द्रकी प्रमुख ताच्यानाल्भोभ्नाशाउम्यान, गैरआवासीय नेपाली संघ केन्द्रीय समन्वय परिषदमा महिला संयोजक सपिला राजभण्डारी, केन्द्रीय समन्वय परिषममा रूसका प्रतिनिधि–सदस्य तथा विश्वनेपाली साहित्य महासंघ रूस शाखाका अध्यक्ष गोविन्दप्रसाद गौतम, रूस–नेपाल साहयोग तथा मैत्री समाजका उपाध्यक्ष डा. मणिराज पोखरेल, महासचिव बोरिस भेर्शिनिन एवं यसै पंक्तिकारको पनि उपस्थिति रहेको थियो ।

प्राच्यविद्या संस्थानका निर्देशक भालेरी आन्द्रोसोभले महामहिम नेपाली राजदूत ऋषिराम घिमिरे तथा उहाँलाई साथ दिने सम्पूर्ण नेपालीहरूको हार्दिक स्वागत गर्नुभयो र पारस्परिक परिचयको आदान प्रदान गरियो ।  महामहिम राजदूतज्यूलेमास्कोको अनुभवबारे छोटकरीमा बताउँदै मास्को आएदेखिनै विश्वविख्यात प्राच्यविद्या संस्थानका विद्वान्–विदुषीहरूसँग भेटघाट गरी सहकार्यको सम्भाव्यताबारे बुभ्mने चाहना राखेको जनाउनु भएपछि प्राच्यविद्या संस्थानका निर्देशकले छोटकरीमा संस्थानको परिचय दिएर पछिल्लो समयमा नेपाल विषयक विशेषज्ञहरूको कमी रहेको तथ्य अवगत गराउनु भयो भने भारतवर्ष अनुसन्धान केन्द्रकी प्रमुखले भारत वर्षका विभिन्न देशहरूको राजनैतिक प्रणालीबारे हालसालै प्रकाशित आफ्नो पुस्तकमा नेपालबारे पनि एक अध्याय रहेको जानकारी दिनुका साथै प्राच्यविद्या संस्थानबाट पछिल्लो समयमा ‘नेपालःबीसौ शताब्दी’ शीर्षकमा नेपालको इतिहाससम्बन्धी दिवंगत अलेक्सान्द्र लेद्कोभ लिखित पुस्तक उनका सहपाठी सेर्गेइलुन्योभको सहयोगबाट प्रकाशित गरिएको र केहीवर्षअघि कृष्णप्रकाश श्रेष्ठको संयोजकत्वमा नेपाल विषयक प्राज्ञिक लेखहरूको संकलन ‘नेपाल सहस्त्राब्दीहरूको संघारमा’ प्रकाशमा ल्याइएको स्मरण गर्नुभयो ।

welcome-in-mascow-university--1

नेपाली पाठक वृन्दलाई के पनि बताइहालौं भने रूसीभाषामा प्रकाशित उक्त संकलनका केही लेख र त्यसको प्रकाशन पश्चात् सम्पन्न सम्मेलनहरूमा प्रस्तुत कार्यपत्रहरूमा आधारित प्राज्ञिक लेखहरूको सङ्ग्रह ‘रूसमा नेपालको बिम्ब’ शीर्षकमा भानु–समारोह २०० प्रति समर्पित गरीहालै विश्व नेपाली साहित्य महासंघ रूस शाखाको तर्पmबाट काठमाडौंमा छापी प्रकाशमा ल्याइएको छ ।

रूस (सोभियत संघ) बाट विभिन्न विषयको स्नातकोत्तर तथा विद्यावारिधिको समेत प्राज्ञिक उपाधि प्राप्तगरी स्वदेशमा क्रियाशील नेपालीहरूको संस्थामित्र कुञ्ज स्थापनाको स्वर्णजयन्ती समारोहमा भाग िलएर फर्केका रूस–नेपाल सहयोग तथा मैत्री समाजका महासचिव बोरिस भेर्शिनिनले आफ्नो अनुभवबारे बताउँदै काठमाडौंमा नेपाल–रूस मैत्रीतथा संस्कृति संघको तत्परतामा नेपालको सर्वप्रथम यात्रा सम्पन्न गर्ने रूसीप्राच्यविद इभानमिनाएभको प्रतिमा स्थापना गरिने कुरा सूचित गर्दा गतःवर्ष काठमाडौंस्थित रूस विज्ञानतथा संस्कृति केन्द्रको परिसरमा रूसी महाकवि अलेक्सान्द्र पुश्किनको प्रतिमा उद्घाटन गरिंदा गैरआवासीय नेपाली संघ रूसका अध्यक्ष दीनानाथ राजभण्डारीको सहयोगबाट मेरो अनुवादमा पुश्किनका कविताहरूको संग्रह ‘रुसाल्का’ (सन् २०१६) को पनि लोकार्पण गरिएको कुरा स्मरण गराइएको थियो ।
भेटवार्ताको क्रममा दुई देशबीच विद्वान्हरूको आदान प्रदानका साथै रूसबाट स्नातक बनेका नेपाली विशेषज्ञलाई प्राच्यविद्या संस्थानमा मानविकीशास्त्र अन्तर्गतका विभिन्न विषयहरूमा विद्यावारिधिको शोधछात्रको रूपमा निम्त्याउन सकिने र रूसबाट पनि नेपाल विषयक अध्येतालाई नेपालमा एकवर्षे अध्ययनको व्यवस्थामिलाउन सकिएमा रूसमा नेपालको भाषा, साहित्य, इतिहास, धर्म र संस्कृतिको विषयमा अनुसन्धानलाई अगाडि बढाउन टेवा प्राप्त हुनेबारे पनि कुराकानी भएको थियो । यसै वर्षको नभेम्बर महिना तिर नेपाल विषयक एक वैत्रानिक गोलमेच सम्मेलन सम्पन्न गर्ने पनि निर्णय लिइएको छ ।

भेटवार्ताको अन्त्यमा नेपाली राजदूतज्यूले रूसका बुम्द्धघर्मका विभिन्न ग्रन्थहरूका अनुवादक एवं व्याखाकार र ‘बुद्धधर्म विश्वकोष’ (सन् २०११) कारचयिताभालेरी आन्द्रोसोभलाई नेपाली पौभा (थान्का) उपहार प्रदान गर्नुभयो भने संस्कृत र नेपालीभाषाका समेत ज्ञाताप्राच्यविद्या संस्थानका निर्देशकले पनि आपूmले अनुवाद गरेको बौद्धग्रन्थ ‘मणिसूत्र’ उपहार दिनुभयो । त्यसै अवसरमा मैले पनिभानु–समारोह २०० को सन्दर्भमा विनयकुमार एवं अञ्जनाश्रेष्ठको सहयोगबाट रूसी भाषामा प्रकाशमा ल्याइएको बीसौ शताब्दीको नेपाली साहित्यिक चिन्तन र प्रतिनिधि सााहित्यकारहरूको वैचारिकधरातलको समेत परिचय दिने पुस्तक ‘स्रष्टा र साहित्य’ भालेरीआन्द्रोसोभलाई हस्तान्तरणगरेको थिए भने दोरिस भेर्शिनिनले पनि नेपालमा मित्रकुञ्ज स्थापनाको पचासौं वर्षन्त समारोहको उपलक्ष्यमा प्रकाशित संकलन ‘मित्र कुञ्ज दर्पण’ उपहारस्वरुप प्रदान गरेका थिए ।

यसरी सौहार्दपूर्ण वातावरणमा प्राच्यविद्या संस्थानका निर्देशकको कार्यकक्षमा भेत्रवार्ता सम्पन्न भएपछि भारतवर्ष अनुसन्धान केन्द्रकी प्रमुख ताच्यानाशाउम्यानले सबै सहभागीहरूलाई आफ्नो कार्यकक्षमा निम्त्याएर त्यहाँ गैरआवासी यनेपाली संघ रूसको तर्पmबाट प्रदान गरिएका सम्मानपत्र एत्नोmिर (नृवंशलोक) अन्तर्गत निर्मित ‘नेपाली घर’ को उदघाटन समारोहको वेला नेपाली संस्कृतिको अध्ययन र प्रचार–प्रसारमा योगदान पु¥याएबँपत् भारतवर्ष अनुसन्धान केन्द्रलाई प्रदान गरिएको नेपाली ढलौटको अष्टमंगल–कलश तथा अन्य प्रशंसापत्रहरू सजाएर राखिएको अवलोकन गर्दै निकट भविष्यमै प्राच्यविद्या संस्थानका विद्वान्हरूको निम्ति रूसको भूमिमा नेपालको सानो भलकदिने ‘नेपाली घर’ को यात्रावलोकनको आयोजना गर्नेबारे पनि कुराकानी भएको थियो ।

फोटो सौजन्यःबोरिस भेर्शिनिन
दिनाङ्कः९ जून २०१७,
मास्को, रूस महासंघ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

म्यामराज राई, भोजपुर हाल–जापान ‘सन् २०२३, मार्च १३ तारिख । थ्याङ्स गड् !’ पासाङ्

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा निरन्तर उतारचढाव आइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी

काठमाडौं । बुद्ध एयरको एटिआर ४२ को नमुना जहाज बनाएर आकासमा उडाएका चितवनका अभय

सिन्धुपाल्चोक । मेलम्चीको खानेपानी आयोजनाको मर्मतपछि पानी काठमाडौँ पठाइएको छ । यही जेठ ६

नवलपुर। जिल्ला प्रहरी कार्यालयले रु ४१ लाख बढीका पुराना सवारीसाधन बिक्री गरेको छ ।