काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक आज पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजे बस्ने भएको छ। बैठकअघि बिहान ९ बजे कार्यसम्पादन समितिको बैठक पनि सोही कार्यालयमा बस्ने छ।
कार्यसम्पादन समितिको बैठकमा सहमति कायम गर्नका लागि एजेण्डा तय गरिनेछ, जसलाई आजको केन्द्रीय समिति बैठकमा प्रस्तुत गरिनेछ। जेनजी युवा आन्दोलनपछि पहिलोपटक असोज २८ गतेदेखि सुरु भएको केन्द्रीय समिति बैठक हिजो २९ गते एक दिनको विश्रामपछि आज पुनः निरन्तरता पाएको छ।
कांग्रेस नेताहरूका अनुसार आजको बैठक पार्टी भित्रको रणनीति, आगामी कार्यक्रम र महत्वपूर्ण निर्णयमा केन्द्रित रहने छ।
वि.सं.२०८२ असोज ३० बिहीवार ०७:४१ मा प्रकाशित



























