back

सामूहिक सयपत्री फूलखेतीमा महिला

वि.सं.२०८२ असोज ३० बिहीवार

288 

shares

दमौली (तनहुँ) । यहाँको म्याग्दे गाउँपालिकाका महिलाहरू सयपत्री फूलखेतीमा लागेका छन् । गाउँपालिकाले ७५ प्रतिशत अनुदान प्रोत्साहन गरेपछि म्याग्दे गाउँपालिका–४ का महिलाहरू फूलखेतीमा आकर्षित भएका हुन् ।

यहाँका महिलाहरू छिम्केश्वारास्थित चण्डेश्वरी फलफूल तथा तरकारी उत्पादक समूहमा आबद्ध भएर सामूहिक फूलखेतीमा लागेका हुन् । तरकारी तथा अन्य फलफूलखेती गरिरहेका महिलाहरू पहिलो पटक सयपत्री फूलखेतीमा लागेको समूहका अध्यक्ष जितमाया रानाले जानकारी दिईन ।

अध्यक्ष रानाले भनिन्, “पहिला पहिला अरुले सामूहिक खेती गरिरहेको बारे फेसबुकमा हेथ्र्यौँ । हामीलाई पनि सयपत्री फूलखेती गर्ने इच्छा थियो । गाउँपालिकामा यसबारेमा जानकारी लियौँ, पालिकाका कृषि प्राविधिकबाट सल्लाह पाएपछि पहिलो पटक यसतर्फ लागेका हौँ ।”

समूहमा रहेका २३ जना महिलाहरूले छ रोपनी जग्गा भाडामा लिएर फूलखेती गरिरहेका छन् । यस वर्षको तिहारका लागि फूल उत्पादन भइसकेको अध्यक्ष रानाले बताईन् । उनका अनुसार सयपत्री फूल प्रतिकिलो रु तीन सय र प्रतिमाला रु एक सय ५० मा बिक्री हुने गरेको छ । घरायसीमा काममा व्यस्त रहने महिलाहरूलाई फूलखेतीमा लागेपछि आत्मनिर्भर बन्न थालेका छन् ।

गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पालिकाले विगत तीन वर्षदेखि ७५ प्रतिशत अनुदान सहयोगमा सयपत्री फूलखेती प्रोत्साहन गरिरहेको बताए । गत वर्ष वडा नं ६ र यस वर्ष वडा नं ४ का महिलाहरूलाई सहयोग गरिएको उनले बताइृन् । “स्थानीय महिलालाई उद्यमशील बनाउनका लागि पालिकाले सहयोग गरिरहेको छ । उहाँहरुले उत्पादन गरेका फूल गाउँपालिकाले गर्ने कार्यक्रममा प्रयोग गर्ने र तिहारलगायत चाडमा बाहिरको भन्दा स्थानीयस्तरमै उत्पादित फूललाई प्रयोग गर्न सहजीकरण गर्ने हाम्रो नीति छ”, अध्यक्ष श्रेष्ठले भनिन ।

वि.सं.२०८२ असोज ३० बिहीवार ११:२२ मा प्रकाशित

Himalayan Life AD
फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ?

फागुन २१ मै निर्वाचनः के भन्छन् दलका नेताहरु ?

काठमाडौँ । राजनीतिक दलका नेताहरुले ‘जेनजी’ आन्दोलनका क्रममा लुटपाट भएका...

आन्दोलनमा भागेका अझै पाँच हजार कैदी कारागार बाहिरै

आन्दोलनमा भागेका अझै पाँच हजार कैदी कारागार बाहिरै

काठमाडौँ । जेनजी प्रदर्शनका क्रममा देशका विभिन्न कारागार र सुधारगृहबाट...

राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अघ्र्यदान

राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अघ्र्यदान

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि बागमती...

परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैनः प्रचण्ड

परिस्थितिलाई सम्हाल्न निर्वाचनको विकल्प छैनः प्रचण्ड

चितवन । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का संयोजक पुष्पकमल दाहाल...

अन्डाको नयाँ मूल्य निर्धारण, कति पुग्यो मूल्य ?

अन्डाको नयाँ मूल्य निर्धारण, कति पुग्यो मूल्य ?

काठमाडौं । अन्डाको मूल्य बढेको छ । नेपाल लेयर्स कुखुरापालक...

किष्ट अस्पताल परिषर तनावग्रस्त

किष्ट अस्पताल परिषर तनावग्रस्त

काठमाडौं । अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्त प्रदर्शनमा...