back
CTIZAN AD

जेनजी आन्दोलनका घाइते भेटेपछि स्वास्थ्यमन्त्रीले भनिन्, “यो आन्दोलन व्यर्थ नजाओस”

वि.सं.२०८२ कात्तिक १० सोमवार

780 

shares

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा सुधा शर्मा गौतमले जेनजी आन्दोलनका घाइतेलाई भेट्नुभएको छ । उहाँ आज घाइतेको अवस्थाबारे जानकारी लिन त्रिवि शिक्षण अस्पताल, काठमाडौँ मेडिकल कलेज (केएमसी) र राष्ट्रिय ट्रमा सेन्टर जनाएकी थिईन् ।

“घाइतेको उपचार राम्ररी भइरहेको छ, केहीको अवस्था सुधारोन्मुख र केहीको अवस्था जटिल छ । उपचारमा कुनै कमी हुन दिइन्न”, मन्त्री शर्माले घाइतेलाई भेटेपछि सञ्चारकर्मीसँग भनिन्, “उहाँहरुको अवस्था हेर्दा साह्रै गाह्रो भयो । यो आन्दोलन व्यर्थ नजाओस् भन्ने मेरो चाहना छ । जसले सरकारको विरोध गर्नुहुन्छ, चुनाव भाँड्न खोज्नुहुन्छ त्यो नगर्नुस् । म सबैलाई यही अनुरोध गर्न चाहन्छु ।”

स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्याङ्कअनुसार हाल अस्पतालमा देशभर जेनजी आन्दोलनका ११ घाइते उपचाररत् छन् । राष्ट्रिय ट्रमा सेन्टरमा चार, त्रिवि शिक्षण अस्पतालमा तीन, काठमाडौँ मेडिकल कलेजमा दुई तथा बी एण्ड बी र नोबेल मेडिकल कलेजको शिक्षण अस्पतालमा एक÷एक जनाको उपचार भइरहेको छ ।

वि.सं.२०८२ कात्तिक १० सोमवार १५:३३ मा प्रकाशित

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

आज यी चार प्रदेशका केही स्थानमा चट्याङसहित वर्षाको सम्भावना !

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव कायमै छ ।...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

असार २२ गते बस्ने भनिएको एमाले कार्यदलको बैठक स¥यो

काठमाडौँ । निर्वाचन समीक्षा र पार्टी पुनर्गठनका लागि सुझाव सङ्कलन...

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

आजको मौसम : यी तीन प्रदेशमा भारी वर्षाको सम्भावना !

काठमाडौँ । देशभर मनसुन वायुको प्रभाव कायम छ । मनसुनको...

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

अत्यधिक गर्मिका कारण सर्लाहीमा सर्पको बिगबिगी

बरहथवा (सर्लाही) । यस वर्ष अत्यधिक गर्मी बढेका कारण सर्लाहीमा...

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

सरकारका १०० दिनः भूमि व्यवस्था मन्त्रालयका यी हुन् उपलब्धि

काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री...