back
CTIZAN AD

राष्ट्रपति पौडेलबाट गुह्येश्वरीमा अघ्र्यदान

वि.सं.२०८२ कात्तिक १० सोमवार

588 

shares

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरअघि बागमती किनारमा निर्माण गरिएको छठ पूजास्थल जानुभई सूर्यसहित छठी माताको पूजा आराधना एवं अघ्र्यदान गरेका छन् ।

छठ पूजाका लागि राष्ट्रपति पौडेल प्रथम महिला सविता पौडेलसहित गुह्येश्वरी पुग्नुभएको थियो । राष्ट्रपति पौडेललाई राष्ट्रियसभा सदस्य विष्णुदेवी पुडासैनी, पशुपति क्षेत्र विकास कोष र गुह्येश्वरी छठ पूजा समितिका पदाधिकारीहरुले स्वागत गर्नुभएको थियो । देशका विभिन्न भागमा भव्य रुपमा मनाइने छठ पर्वका अवसरमा राष्ट्रपतिले प्रत्येक वर्ष गुह्येश्वरीमा सूर्यदेवसहित छठी माताको पूजा आराधना गरी अस्ताउँदो सूर्यलाई अघ्र्य दिने परम्परा छ ।

छठ पर्वका अवसरमा आज अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अघ्र्य दिन राजधानीका अन्य स्थानका साथै यहाँको छठ घाट पनि सजाइएको छ । प्रत्येक वर्ष कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्वका अवसरमा गुह्येश्वरी–गौरीघाटलगायत राजधानीका अन्य स्थानलाई पनि सजाउने गरिन्छ । यहाँको साजसज्जा हेर्न भक्तजनको घुइँचो लागेको छ । भजन एवं भक्ति सङ्गीतले पशुपति क्षेत्रको वाग्मती नदी किनारको वातावरण मेलामय बनेको छ ।

यस वर्ष राजधानीमा गुह्येश्वरीबाट गौरीघाटसम्मको बागमती नदी किनारको दायाँबायाँ, कमलपोखरी, थापाथली, कुपण्डोल, सानेपास्थित रामतीर्थलगायत स्थानका नख्खु खोला, विष्णुमती र बागमती नदी किनारमा छठघाट निर्माण गरी सजाइएको छ । यी स्थानमा छठघाटसँगै छठी माताको माटाको मूर्ति निर्माण गरिएको छ । जहाँ आज अस्ताउँदो सूर्यसँगै छठी माताको पूजा आराधना गरिन्छ ।

गुह्येश्वरीमा यस वर्ष विगत वर्षभन्दा बढी छठघाटको निर्माण गरिएको छ । विगतमा करिब ६०० छठघाट निर्माण गरिएकामा यस वर्ष ७०० भन्दा बढी निर्माण गरिएका छन् । एउटा छठघाटको रु एक हजार ५०० शुल्क लिएर भक्तजनलाई उपलब्ध गराइएको छठ पूजा समितिका अनिल सिंहले राससलाई जानकारी दिए ।

आज बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिएका वर्तालु मङ्गलबार बिहान सूर्य नउदाएसम्म छठ पूजास्थलमै जाग्राम बस्छन् । बिहान उदाउँदा सूर्यलाई पूजा आराधनासहित अघ्र्य दिएपछि चार दिन लामो छठ पर्व सकिन्छ । छठ व्रत गरेमा मनले चिताएको पूरा हुने सूर्यपुराणलगायत ग्रन्थमा उल्लेख गरिएको छ । महाभारतकालमा द्रोपदीसहित पाँच पाण्डवले सूर्यको पूजा आराधना गरी एक वर्षे अज्ञातवास सफल गरेका उल्लेख गरिएको छ । यसै विश्वासका आधारमा यो पर्व मनाउने परम्परा सुरु भएको विश्वास रहीआएको छ ।

वि.सं.२०८२ कात्तिक १० सोमवार १५:०० मा प्रकाशित

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

आजको मौसमः काठमाडौँसहित अधिकांश स्थानमा वर्षाको सम्भावना

काठमाडौँ । देशभर मनसुनी प्रणाली सक्रिय रहेकाले आज काठमाडौँ उपत्यकासहित...

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

‘ब्रेन ड्रेन’ लाई ‘ब्रेन गेन’ मा रूपान्तरण गर्ने एनआरएनएको अभियान

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अन्तर्गतको स्किल, नलेज एण्ड...

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

हाम्रो खुसी’ पाठ्यक्रम : विद्यार्थीको सोचमा सकारात्मक परिवर्तन ल्याउँदै

मध्यविन्दु(नवलपरासी) । नवलपरासी(बर्दघाट सुस्तापूर्व)को मध्यविन्दु नगरपालिका–४ स्थित मदनपुर ग्रिनभ्याली बोर्डिङ...

घाँसको बीउ उत्पादन

घाँसको बीउ उत्पादन

राँझा (बाँके) । बाँकेको खजुरा गाउँपालिका–२ गौघाटस्थित राष्ट्रिय पशु प्रजनन...

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

मेक्सिकोलाई पराजित गर्दै इङ्ग्ल्यान्ड विश्वकपको क्वाटरफाइनमा

काठमाडौँ । इङ्ग्ल्यान्ड फिफा विश्वकप, २०२६ को क्वाटरफाइनलमा प्रवेश गरेको...

एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६ को स्टलका लागि गोला प्रथा सम्पन्न

एच पि प्रेजेन्ट्स नाडा अटो शो २०२६ को स्टलका लागि गोला प्रथा सम्पन्न

काठमाडौँ । नाडा अटोमोवाइल्स् एशोसिएशन अफ नेपालद्वारा आउँदो २०८३ भाद्र...