back
CTIZAN AD

एमाले केन्द्रीय समिति बैठकमा विद्याको सदस्यता नवीकरणको माग

वि.सं.२०८२ असोज ३० बिहीवार

702 

shares

काठमाडौं । नेकपा (एमाले)को जारी केन्द्रीय कमिटीको १०औं बैठकमा पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरण गर्न माग उठेको छ । बैठकको दोस्रो दिन संगठन विभागका सचिव माधव ढुङ्गेलले लिखित प्रस्तावसहित भण्डारीको सदस्यता पुनःनवीकरण गर्न आग्रह गरेका हुन् ।

रचना खड्का, रमेश पौडेल, विद्या सुन्दर शाक्य, युवराज बास्कोटा, रविन कोइराला, रामलाल साह र ममता गिरीलगायत सदस्यहरूले पनि सोही माग राखेका छन् । उनीहरूले अध्यक्ष केपी शर्मा ओलीलाई अभिभावकको भूमिका निभाउँदै पार्टीलाई एकताबद्ध बनाउन सुझाव दिएका छन् ।

जेनजी आन्दोलनपछि पार्टीमा युवा पुस्ताको सहभागिता बढाउनुपर्नेमा जोड दिँदै रचना खड्काले नीति र विधानमा पुनर्संरचना आवश्यक रहेको बताइन् । त्यस्तै, रमेश पौडेलले माधव नेपालको समाजवादी पार्टीलाई एमालेमा एकीकरण गर्न र भण्डारीको सदस्यता पुनःनवीकरण गर्न माग गरे ।

बैठकमा पार्टीका राम्रा–नराम्रा कामको श्वेतपत्र सार्वजनिक गर्नुपर्ने प्रस्ताव पनि आएको छ । नेतृत्व परिवर्तनको विषयमा छलफल भए पनि अधिकांश सदस्यहरू आगामी महाधिवेशनबाट नै निर्णय गर्ने पक्षमा उभिएका छन् । एमालेले मङ्सिरको अन्तिम साता पोखरामा महाधिवेशन गर्ने तयारी गरेको छ ।

 

वि.सं.२०८२ असोज ३० बिहीवार १५:३९ मा प्रकाशित

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णालीमा पूर्वराष्ट्रिय खेलाडीबीच मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

कर्णाली । कर्णाली प्रदेश रङ्गशालामा ‘नेपाल लेजेन्ड्स’ र ‘कर्णाली लेजेन्ड्स’बीच...

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

मुआब्जा विवाद टुङ्गिएसँगै बिजलपुरा–बर्दिबास रेलमार्ग निर्माण सुरु

जनकपुरधाम । मुआब्जासम्बन्धी विवाद समाधान भएसँगै जयनगर–बर्दिबास १८ किलोमिटर रेलमार्ग...

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

सुनचाँदीको मूल्यमा सामान्य गिरावट

काठमाडौँ । स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य गिरावट आएको...

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

सानिमा बैंकद्वारा भारत–नेपाल रियल टाइम P2P भुक्तानी सेवा सुरु

काठमाडौं।सानिमा बैंकले नेपाल क्लियरिङ हाउस (NCHL) सँगको सहकार्यमा भारत–नेपाल रियल...

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

सुपरभूक चार्जिङ र प्रिमियम एमोलेड डिस्प्लेसहित ओप्पो ’ए सिक्स एस प्रो’ नेपालमा

काठमाडौं । ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ’ए सिक्स एस...