back
CTIZAN AD

एमाले केन्द्रीय कमिटी बैठकः केन्द्रीय सदस्यले बोल्ने क्रम जारी

वि.सं.२०८२ असोज ३० बिहीवार

714 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को १०औँ केन्द्रीय कमिटी बैठकमा केन्द्रीय सदस्यले आ–आफ्नो धारणा राख्ने क्रम जारी छ । ललितपुरको जावालाखेलमा बसिररहेको बैठकको आज दोस्रो दिन पनि बुधबार पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि केन्द्रीय सदस्यले धारणा राख्ने क्रम जारी रहेको हो ।

आज ७५ जना केन्द्रीय सदस्यले अध्यक्ष ओलीले प्रस्तुत गर्नुभएको राजनीतिक प्रतिवेदनमाथि आ–आफ्नो धारणा र सुझाव राखिसक्नुभएको पार्टीका प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमले जानकारी दिनुभयो । बुधबारको बैठकमा ५० जना केन्द्रीय सदस्यहरूले आ–आफ्ना धारणा राखेका थिए ।

प्रचार विभाग प्रमुख गौतमका अनुसार बैठकमा प्रत्येक केन्द्रीय सदस्यलाई तीन मिनेटको समय दिइएको छ । उनले शुक्रबारसम्म सञ्चालन हुने बैठकमा केन्द्रीय सदस्यको धारणा सुनेपछि पदाधिकारीहरूले आफ्ना धारणा राख्नुहुने जानकारी दिए ।

पदाधिकारीको धारणापछि अध्यक्ष ओलीले बैठकमा आएका सुझाव र जिज्ञासाहरूको एकमुष्ट जवाफ दिएर बैठक समापन गर्नुहुने कार्यसूची रहेको प्रचार विभाग प्रमुख गौतमले जानकारी दिए ।

उहाँका अनुसार आजको बैठकमा केन्द्रीय सदस्यहरूले जेनजी प्रदर्शनपछि मुलुकको पछिल्लो राजनीतिक घटनाक्रम, पार्टी महाधिवेशन, पार्टीमा सुशासनका पक्षमा धारणा राखिरहनुभएको छ । बैठकमा आज बोल्न बाँकी केन्द्रीय सदस्यले भोलि धारणा राख्ने छन् । बैठक अहिले पनि जारी छ ।

वि.सं.२०८२ असोज ३० बिहीवार १५:४२ मा प्रकाशित

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

विपद्का बेला अत्यावश्यक सामग्री ढुवानी सहज बनाउन चेम्बरले खोल्यो सहजीकरण डेस्क

काठमाडौँ । विपद्का कारण सिर्जित विषम परिस्थितिमा अत्यावश्यक सामग्रीको ढुवानी...

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

सबै मिलेर पीडित नागरिकको उद्धार र राहतमा लागौँः नेता शाही

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी, संसदीय दलका नेता ज्ञानेन्द्रबहादुर शाहीले...

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

मिजार परिवारले जग्गा किनेको ५१ वर्षपछि पाए लालपुर्जा

बनेपा (काभ्रे) । धुलिखेल नगरपालिका–८ पुतली मिजारले ५१ वर्षपछि लालपुर्जा...

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काँग्रेसभित्र महाधिवेशन विवाद चर्किँदै, संस्थापन इतर समूहद्वारा मंसिरमा महाधिवेशनको प्रस्ताव

काठमाडौं । नेपाली कांग्रेसभित्र १५ औँ महाधिवेशनलाई लिएर विवाद बढिरहेको...

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

नागरिक जोगाउन हरप्रयास भैरहेको छ – प्रधानमन्त्री बालेन

प्रधानमन्त्री बालेन्द्र शाहले भोटेकोशी बाढीपछि सरकारले उद्धार, राहत तथा पुनर्स्थापनाबारे...