back
CTIZAN AD

अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालय अवलोकन गर्ने पर्यटक बढ्दै

वि.सं.२०८२ असोज ३१ शुक्रवार

756 

shares

गण्डकी । पोखरास्थित अन्तरराष्ट्रिय पर्वतीय सङ्ग्रहालयमा स्वदेशी एवम् विदेशी पर्यटकको सङ्ख्या बढ्दै गएको छ ।

दसैँको पूर्णिमापछि विस्तारै पर्यटकको आकर्षण बढ्दै गएको सङ्ग्रहालयका कार्यकारी निर्देशक निर्मला न्यौपानेले जानकारी दिए । बिहीबार मात्रै एक हजारभन्दा बढीले सङ्ग्रहालयको अवलोकन गरेको उनले बताए ।

 

पर्वतीय पर्यटनका विविध पक्ष अवलोकन गर्नका लागि सङ्ग्रहालय बनाइएको छ । हिमाली जीवनसँगै पर्वतीय पर्यटनका विविध पक्षलाई सङ्ग्रहालयमा नियाल्न पाइने भएकाले आकर्षक गन्तव्यका रूपमा विकास हुन थालेको छ ।

यहाँबाट हिमाली क्षेत्रमा बसोबास गर्ने जातजातिको रीतिरिवाज, वेषभूषा, कला, संस्कृतिका साथै भौगोलिक अवस्थालगायत विषयमा जानकारी लिन पाउँछन् । सङ्ग्रहालयमा विश्वका आठ हजार मिटरभन्दा बढी उचाइ भएका १४ वटा हिमाल, सात हजार पाँच सयदेखि सात हजार ९९९ मिटर उचाइसम्मका ४०, छ हजारदेखि छ हजार ९९९ मिटरसम्मका ६०३ सहित कूल एक हजार ९१३ वटा हिमचुचुरा र त्यस क्षेत्रमा बसोबास गर्ने बासिन्दाका वेषभूषा, संस्कृति, उपयोग गर्दै आएका विभिन्न सामग्री सङ्ग्रह गरी प्रदर्शनका लागि राखिएका छन् ।

सङ्ग्रहालयमा आउने पर्यटकमध्ये विद्यार्थीका लागि रु ८०, नेपाली नागरिकका लागि १५०, सार्क राष्ट्रका पर्यटकका लागि ३५० र अन्य विदेशी पर्यटकका लागि ७५० प्रवेश शुल्क निर्धारण गरिएको निर्देशक न्यौपानेले जानकारी दिए । रासस

वि.सं.२०८२ असोज ३१ शुक्रवार १५:५८ मा प्रकाशित

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

रास्वपाको महाधिवेशन सफलताका लागि गगन थापाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय स्वतन्त्र पार्टी...

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

पार्शल’ गजल संग्रह विमोचन, गजलले समाजका यथार्थ उजागर गरिएको टिप्पणी

काठमाडौं । गजलकार जिबी सुनारद्वारा लिखित गजल संग्रह ‘पार्शल’ शनिबार...

रास्वपा महाधिवेशन आजदेखि,  सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

रास्वपा महाधिवेशन आजदेखि, सभापति लामिछाने र प्रधानमन्त्रीले उद्घाटन गर्ने

भरतपुर (चितवन) । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम महाधिवेशनको तयारी...

पोखरा बसपार्कका ३२० सटर हटाइयो

पोखरा बसपार्कका ३२० सटर हटाइयो

कास्की । पोखराको पृथ्वीचोकस्थित प्रस्तावित बसपार्कको जग्गामा अनधिकृत रूपमा बनाइएको...

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

कति छ आजको नेपाली बजारमा विदेशी मुद्राको विनिमयदर ?

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आज (आइतबार) का लागि विदेशी...

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

पर्यटकको खचाखचले अन्नपूर्ण गुल्जार बन्यो अन्नपूर्ण आधार शिविर

सन्तोष गौतम, म्याग्दी । सोह्र वर्षअघिसम्म गुमनाम अन्नपूर्ण हिमालको आधार...