back

एमाले केन्द्रीय कमिटी बैठक आज सकिँदै

वि.सं.२०८२ असोज ३१ शुक्रवार

267 

shares

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौँ केन्द्रीय कमिटीको बैठक आज समापन हुँदैछ ।

ललितपुरको भनीमण्डलस्थित रामबाघ महलमा यही असोज २९ गतेदेखि जारी बैठकमा सदस्यहरुले उठाएका सवालमा पार्टीका अध्यक्ष केपी शर्मा ओलीले एकमुष्ट जवाफ दिएपछि राजनीतिक प्रतिवेदन पारित पारित हुनेछ ।

बैठकमा पार्टीको आगामी ११औँ महाधिवेशनको तिथि, मिति तय गर्ने र समसामयिक प्रस्ताव पारित गर्ने पनि कार्यसूची रहेको एमालेका केन्द्रीय प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । नेता गौतमले बोल्ने अधिकांश सदस्यले अध्यक्षको राजनीतिक प्रतिवेदनको मूल मर्ममा समर्थन गरेको र संसद् पुनःस्थापनामा लाग्नुपर्नेमा जोड दिएको बताए ।

उहाँले छिटपुट रुपमा केही सदस्यले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता नवीकरण गर्नुपर्ने माग गरेको जानकारी दिए ।

बैठकमा आगामी मङ्सिर २७ देखि २९ गतेसम्म पोखरामा महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत भएको छ । जेनजी आन्दोलन, नयाँ सरकार गठन र प्रतिनिधिसभा विघटनपछि पहिलो पटक एमालेको केन्द्रीय कमिटीको बैठक आयोजना भएको हो ।

समसामयिक प्रस्ताव तयारीका लागि उपमहासचिव प्रदीपकुमार ज्ञवालीको संयोजकत्वमा प्रचार विभाग प्रमुख गौतम र संसदीय दलका प्रमुख सचेतक महेश बर्ताैला रहेको समिति गठन गरिएको छ ।
–––

वि.सं.२०८२ असोज ३१ शुक्रवार १६:०६ मा प्रकाशित

Himalayan Life AD
यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

यस्तो छ बागमती प्रदेशका आर्थिक चुनौती

काठमाडौँ । बागमती प्रदेशमा भौतिक पूर्वाधारहरू सडकमार्ग, स्वास्थ्य सेवा र...

कागारबाट छुटेकै दिन कुटपिट गरी पतिद्वाराको पत्नी हत्या

कागारबाट छुटेकै दिन कुटपिट गरी पतिद्वाराको पत्नी हत्या

पर्वत । यहाँको मोदी गाउँपालिका–६ दराकमा कागारबाट छुटेकै दिन एक...

बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ

बनेपा हिरासतबाट फरार पाँच प्रतिवादी पक्राउ

काभ्रेपलाञ्चोक । जेनजी आन्दोलनका क्रममा आगजनी, तोडफोड र लुटपाटका क्रममा...

दृष्टिविहीन टी-२० महिला विश्वकप खेल्न नेपाली टोली भारततर्फ

दृष्टिविहीन टी-२० महिला विश्वकप खेल्न नेपाली टोली भारततर्फ

काठमाडौँ । भारत र श्रीलङ्कामा संयुक्त रुपमा आयोजना हुन लागेको...

किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री परियार

किसानका समस्या समाधानतर्फ सरकारको ध्यान छ : कृषिमन्त्री परियार

काठमाडौँ । कृषि तथा पशुपन्छी विकासमन्त्री डा मदनप्रसाद परियारले नेपाली...

कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन : प्रधानमन्त्री कार्की

कोषलाई राजनीतिक भर्ती केन्द्र बनाउन हुँदैन : प्रधानमन्त्री कार्की

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले पशुपति क्षेत्र विकास कोषलाई राजनीतिक...