Logo
७ माघ २०७८, शुक्रबार
     Fri Jan 21 2022
E-paper
  English Edition
   Unicode
Logo

ऐतिहासिक पुरातात्विकस्थल ज्यामरुककोट सरकारी उपेक्षाको कारण ओझेलमा



beni bazar

beni bazar

 

२८ जेठ, बेनी (म्याग्दी) । पाँचसय चैहत्तर वर्ष पुरानो म्याग्दीको बेनी नगरपालिका–२ मा अवस्थित पर्यटकीय, जैविक र सांस्कृतिक सम्भावनाले युक्त ऐतिहासिक र पुरातात्विकस्थल ज्यामरुककोट सरकारी उपेक्षा र स्थानीयवासीको उदासीनताका कारण ओझेलमा परेको छ ।

सदरमुकाम बेनीबजारदेखि करिब चार किमीको दूरीमा रहेको ज्यामरुककोटको कोटडाँडोबाट धौलागिरि, नीलगिरि,अन्नपूर्ण, माछापुच्छ«ेलगायत १५ वटाभन्दा बढी हिमशृङ्खला दृश्यावलोकन, धौलागिरि र गण्डकी क्षेत्रका ३० वटाभन्दा बढी गाउँ, सूर्योदय, ग्रामीण सौन्दर्य र सदरमुकाम बेनीबजारका साथै म्याग्दी नदी र कालीगण्डकीको नागबेली दृश्य देख्न सकिन्छ ।

साथै पन्ध्रौ शताब्दीको प्रारम्भसँगै थापाले राज्य गर्न थालेपछि अस्तित्वमा आएको ज्यामरुककोटस्थित ९खड्गभवानी कोत०का दुर्लभ हातहतियार र अभिलेखले यसको ऐतिहासिक महत्व दर्शाएको छ । बेनी नगरपालिका–२ ज्यामरुककोटका नवनिर्वाचित वडाअध्यक्ष हिराबहादुर थापाले बताउनुभयो ।

स्थानीय निकाय लामो समयसम्म जनप्रतिनिधिविहीन रहेकाले सम्भावना हुँदाहुँदै पनि विकास हुन नसकेको हो भन्दै उहाँले आफ्नो पहिलो प्राथमिकता यस क्षेत्रका पर्यटकीयस्थलको विकास गर्ने रहेको बताउनुभयो । “खबराको लम्वीहिललाई पर्यटकीय आकर्षणको केन्द्र बनाउने मेरो पहिलो प्राथमिकता हो,” थापाले भन्नुभयो, “त्योसँगै ऐतिहासिक, पुरातात्विक र धार्मिक महत्वको खड्गभवानी कोतमा पनि पूर्वाधार विकास गरी पर्यटकीय क्षेत्र बनाउने पहल हुनेछ ।”

करिब पाँच रोपनी क्षेत्रफलमा रहेको सो स्थानमा थापा र मल्ल राजाको ताम्रपत्रमा अङ्कित इतिहास, तोप, खँुडा, तरबार लगायतका हातहतियार, प्राचीन शिला र इँट्टा, खजाना लुकाउने ठाउँ र पानीका लागि बनाइएको राजकुवा अहिले अस्तव्यस्त अवस्थामा छन् । कोटडाँडोसम्म मोटरबाटोको सुविधा हुने र त्यहाँ एउटा भ्यू टावर निर्माण गरेर त्यस क्षेत्रको पर्यटकीय र प्राकृतिक सौन्दर्यका बारेमा प्रचार प्रसार गर्न सक्ने हो भने अन्नपूर्ण र धौलागिरि क्षेत्रको भ्रमणका लागि बेनी आएका २५ प्रतिशत पर्यटक त्यहाँ पुग्न सक्ने स्थानीय बुद्धिजीवी एवम् खड्गभवानी कोत संरक्षण एवम् गुठी व्यवस्थापन समितिका अध्यक्ष रामकृष्ण घिमिरेले बताउनुभयो ।

“जैविक विविधताले पनि सम्पन्न ज्यामरुककोटमा आग्र्यानिक खेती, ठूलाखोलाबाट ल्याइएको चिसो पानी, विभिन्न पक्षी, मह, भटमास, कालोदाल, स्थानीय जातका खसी, कुखुरा र हाँस, चिबे, कालिज र तित्रो, बनढुकुर र वन कुखुरो, तरुल, भ्याकुर र सखरखण्ड यहाँ प्रशस्त मात्रामा पाइन्छन् । जौ, कोदोबाट बनाइने विभिन्न परिकारले यहाँको पहिचान झल्काउँछ्”, वडाध्यक्ष थापाले भन्नुभयोे । ब्राह्मण, क्षेत्री, ठकुरी, कुँवर, चर्मकार, विक, दर्जी, गुरुङ, मगर लगायतका जातजातिको बसोबास रहेको यो ठाउँमा सांस्कृतिक विविधता समेत छ ।

ज्यामरुककोटको गौश्वारा गाउँमा अवस्थित राधाकृष्ण मन्दिरमा प्रत्येक वर्ष कृष्णजन्माष्टमी पर्वमा लगाइने मेला यस क्षेत्रको प्रमुख मेला हो ।

बेनी अस्पताललाई सरसफाइमा नमूना अस्पताल बनाइने
सेवा, उपकरण र पूर्वाधारमा नेपालकै नमुना अस्पतालका रुपमा परिचित बेनी अस्पताललाई सरसफाइमा पनि नमुना बनाउने अभियान सुरु भएको छ ।

अस्पताल परिसरमा जथाभावी फोहोर फाल्दा विभिन्न किसिमको रोग फैलनुका साथै सेवाग्राहीमा नकारात्मक सन्देश प्रवाह हुने भन्दै अस्पतालका अध्यक्ष माधवप्रसाद रेग्मी, अस्पताल प्रमुख डा रोशन न्यौपानेलगायत चिकित्सक र कर्मचारीको सक्रियतामा नियमित सरसफाइ अभियान सुरु भएको हो ।

अस्पतालको प्रवेशद्वार, बिरामी कक्ष, कर्मचारी आवाससहित अस्पालका सबै क्षेत्रमा पुगेर फोहोर सङ्कलन, झाडी सरसफाइ, बगैँचा व्यवस्थापनलगायत सुन्दर अस्पताल बनाउने अभियानअन्तर्गत सरसफाइ गरिएको चर्चा गर्दै अस्पताल विकास समितिका अध्यक्ष माधवप्रसाद रेग्मीले बताउनुभयो, “गुणस्तरीय सेवा प्रदान गर्न दिनरात खटिएका चिकित्सक र कर्मचारीले समेत कुचो समातेर हरेक दिन सरसफाइ र प्रत्येक हप्ताको शुक्रबार सामूहिक सरसफाइ अभियानमा सहभागी हँुदा जथाभावी फोहोर फाल्ने कार्यसमेत निरुत्साहित भएको छ ।”

सरसफाईका साथै प्रवेशद्वारदेखि बिरामीको शै्ययासम्म फोहोर सङ्कलन गर्ने डस्टबिनसमेत राखिएको छ । “बेनी अस्पतल देशकै नमुना अस्पतलाभित्र पर्छ । हामीले सेवासँगै बाहिरी वातावरणलाई समेत सफा राख्नुपर्छ”, अस्पताल प्रमुख डा न्यौपानेले भन्नुभयो । पचास शै्ययाको अस्पतालको मान्यता प्राप्त गरेलगत्तै पुनर्निर्माण चरणमा रहेको अस्पताल आसपासका क्षेत्रमा दुर्गन्धित फोहोरलाई तत्कालै हटाउने गरी कर्मचारीसमेत परिचालन गरिएको र अस्पतालभित्र जथाभावी फोहोर गर्नेलाई कारबाहीको व्यवस्थासमेत गरिएको उहाँले जानकारी दिनुभयो ।

सुधारिएको चूलोको प्रयोग बढ्यो

दाउराको बचत हुने र धुँवा कम आउने भएपछि म्याग्दीका ग्रामीण क्षेत्रमा सुधारिएको चुलोको प्रयोग बढ्दै गएको छ । जिल्लाका मालिका, मङ्गला, धवलागिरि, अन्नपूर्ण र रघुगङ्गा गाउँपालिकासहित बेनी नगरपालिकाका अधिकांश वडाका महिला सुधारिएको चुलो बनाउने अभियानमा लागेका छन् ।

परम्परागत चुलोबाट खाना पकाउँदै आएकी बेनी नगरपालिका–४ सिङ्गाकी तिलकुमारी विक सुधारिएको चुलो बनाएदेखि दङ्ग पर्नुभएको छ । “यस्तो चुलोबाट खाना छिटो पकाउन सकिने, काम गर्न सजिलो हुने र भाँडा पनि कम फोहोर हुने भएकाले आफू सुधारिएको चुलोको प्रयोगमा आकर्षित भएको उहाँले बताउनुभयो ।
सुधारिएको चुलोबाट धँुवा कम आउँदा स्वास्थ्यमा समेत फाइदा पुगेको उक्त नगरपालिका–५ की कमला सुवेदीले चर्चा गर्नुभयो । उहाँका अनुसार यस्तो चुलो बनाउन खर्चिलो पनि छैन । रु एक हजारदेखि दुई हजार ६०० सम्ममा सुधारिएको चुलो निर्माण हुने गरेको छ ।

गाउँमा रहेका सामुदायिक वन उपभोक्ता समूहले पनि सुधारिएको चुलो निर्माणका लागि अभियान चलाएका छन् । विभिन्न गैरसरकारी संस्थाले सुधारिएको चुलो निर्माणका लागि प्रोत्साहनस्वरुप रकम वितरण गर्न थालेपछि यसको लोकप्रियता झन् बढेको हो । जिल्लामा क्रियाशील एक दर्जन बढी संस्थाले सुधारिएको चुलो निर्माण गर्न प्रतिघर रु ५०० का दरले खर्च पनि दिने गरेको सुधारिएको चुलो प्रवद्र्धक परिचालक भीमबहादुर घिमिरेले बताउनुभयो ।

खाजा खर्च कटाएर उपचार खर्चमा सहयोग

म्याग्दीको बाबियाचौरस्थित डनिङ आवासीय माध्यमिक विद्यालयका विद्यार्थीले आफ्नो नियमित खाजा खर्च कटाएर एक वृद्धाको उपचारका लागि आर्थिक सहयोग गरेका छन् । मङ्गला गाउँपालिका–५ अर्मन छिस्वाङकी ६० वर्षीया भविकला पुर्जाको उपचारका लागि खाजा खर्चमा कटौती गरी विद्यार्थीले रु ४८ हजार २८६ जुटाएर हस्तान्तरण गरेका हुन् ।

गत शनिबार फुड पोइजनिङ भएर अचेत अवस्थामा उद्धार गरी पोखरामा उपचार भइरहेको पुर्जाको उपचारका लागि विद्यालयको जुनियर रेडक्रस सर्कलमा आबद्ध विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर सो रकम जुटाएका विद्यालयका प्रधानाध्यापक याम थापाले जानकारी दिनुभयो । विद्यार्थीहरुबाट रु ३६ हजार ६०२ र शिक्षकबाट रु ११ हजार ६८४ सङ्कलन गरिएको थियो । “विद्यार्थीले आफ्नो खाजा खर्च कटाएर सहयोगको घोषणा गरे । उनीहरुकै अभियानमा शिक्षकले समेत सहयोग गरे”, प्रधानध्यापक थापाले भन्नुभयो ।

उहाँका अनुसार आर्थिक अवस्था कमजोर भएका र बाढीपीडितका साथै अन्य सामाजिक क्षेत्रमा समेत विद्यार्थीले सक्रियता देखाउने गरेकाले पनि तत्कालै राहत सङ्कलन हुने गरेको हो । सङ्कलित रकम विद्यालयका अध्यक्ष नरसिंह केसी, सो सर्कलका अध्यक्ष जीवन सापकोटासहित विद्यार्थी, शिक्षक लगायतको उपस्थितिमा भविकलाकी आफन्त औसिया पुर्जालाई हस्तान्तरण गरिएको छ ।
घरमा ढिँडोसँगै आलु र भेन्टाको तरकारी खाएलगत्तै पुर्जासँगै माइत आएकी रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेकी चिना गुरुङ, उनका श्रीमान प्रेम बहादुर र १४ महिनाका छोरा बेहोस भएका थिए । चिना र उनका छोराको उपचारका क्रममा मृत्यु भएको छ भने भविकला र प्रेम बहादुरको उपचार भइरहेको छ । एकल महिलासमेत रहेकी पुर्जाको उपचारमा पश्चिम म्याग्दीको दरवाङ, देविस्थान लगायतका क्षेत्रबाट समेत सहयोग भएको छ ।


यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

काठमाडौं । विगत सातवर्षदेखि बजारमा स्र्पस हनीको नाममा चिनीको मह बनाएर बेच्ने एक व्यक्ति

काठमाडौं । नेपाली सेनाभित्र विवाद जन्मिएको छ । प्रधानसेनापति प्रभुराम शर्माले बढुवा र पदावधि

नौ वर्षको बाल्यकालमा उहाँको बिवाह धर्मागत तिवारीसंग भयो । बि.स.१९८२ को साउने झरीमा जन्मेकी