back
CTIZAN AD

 रमेश दुलाल गरे ‘कागे’को २२औँ सम्मेलन 

वि.सं.२०८२ कात्तिक २ आइतवार

948 

shares

काठमाडौं । काग तिहारको दिन कलाकार रमेश दुलाल ‘कागे’ले राजधानीको नारायणहिटी दरबार संग्रहालय अगाडि २२औँ काग सम्मेलन सम्पन्न गरेका छन् ।

टप राजधानी रोधी र ग्रीनसिटी अस्पताल वसुन्धाराको सहआयोजनामा गरिएको कार्यक्रममा दुलालले आफ्नो अद्भुत कला प्रस्तुत गर्दै कागहरूलाई आकर्षित गरेका थिए । बिहान पौने ६ बजे सुरु भएको कार्यक्रममा उहाँले कागको आवाज निकाल्नेबित्तिकै दर्जनौं कागहरू भेला भएका थिए ।

दुलालले कागसहित १७३ प्रजातिका जनावर र चराचुरुङ्गीका आवाज नक्कल गर्न सक्छन् । मुखकै सहायताले मादल, सनाई, सारङ्गी, पियानो, ड्रम सेट, मुर्चुङ्गा र गितारका धुन निकाल्ने उनको कला पनि निकै चर्चित छ ।

उनी विगतका वर्षहरूमा रत्नपार्क, विमानस्थल परिसर र अन्य स्थानमा पनि ‘काग सम्मेलन’ गर्दै आएका छन् । दुलालका अनुसार, “काग तिहारको दिन काग सम्मेलन गर्न थालेको अहिले २२ वर्ष भयो । कागलाई यमराजको दूतका रूपमा मानिन्छ, त्यसैले यसपटक सांस्कृतिक सन्देशसहित यो सम्मेलन गरेको हुँ ।”

काग तिहारको धार्मिक र सांस्कृतिक महत्व जोगाउन र जनचेतना फैलाउन गरिएको यो कार्यक्रममा उपस्थित दर्शकहरूले उनको कला र योगदानको प्रशंसा गरेका छन् ।

कार्यक्रमको मुख्य प्रायोजक मोर्डन राप्ती रियल स्टेट र भरत विश्वकर्मा थिए भने सहप्रायोजकमा ह्याम्स हस्पिटल, शङ्करप्रसाद आचार्य, चुडा मैनाली, होराइजन स्पा, नौकरी नेपाल र शान्ति तथा ग्रामीण विकास केन्द्र नेपाल रहेका थिए ।

 

वि.सं.२०८२ कात्तिक २ आइतवार ११:१४ मा प्रकाशित

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

मध्यपूर्व तनाव घट्दै, ओपेक प्लसले उत्पादन कोटा बढाउने सम्भावना

लन्डन । मध्यपूर्वमा युद्धपछि देखिएको तनाव क्रमशः कम हुँदै गएसँगै...

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

हुथी विद्रोहीको आक्रमणमा १४ यमनी सैनिकको मृत्यु

एडेन । यमनको इरान समर्थित हुथी विद्रोहीहरूले लाल सागर (रेड...

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

कङ्गोमा इबोलाको सङ्क्रमण समुदायस्तर मै फैलिँदै, हालसम्म ४९२ को मृत्यु

किन्शासा । ‘डेमोक्रेटिक रिपब्लिक अफ द कङ्गो’मा इबोलाको पछिल्लो प्रकोप...

मालदह आँपको मूल्य बढ्यो

मालदह आँपको मूल्य बढ्यो

धनुषा । मधेश प्रदेशमा मालदह जातको आँपको उत्पादन घट्दै गएपछि...

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

सरकारमा संविधानको मर्म र व्यवस्थाप्रतिको निष्ठा कमी देखियो: गगन थापा

काठमाडौं । नेपाली काँग्रेसका सभापति गगनकुमार थापाले सरकारमा संविधानको मर्म...

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

उनन्चालिस लाख ठगीको अभियोगमा पक्राउ

काठमाडौँ । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारेर रु ३९...